विद्यालयमा गुणस्तरिय शिक्षा प्रति सबैको चाँसो हुनुपर्छ
मुरली गोडिया, १६ साउन, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिकाका विद्यार्थीहरुले विद्यालयमा गुणस्तरिय शिक्षा प्राप्तीका लागी सर्वपक्षिय चाँसो बढ्नु पर्ने बताएका छन । विशेषतः हरेक विद्यालयमा खानेपानी सरसफाई तथा महिनावारी स्वच्छता एवं आपाङ्गता भएको विद्यार्थीको विषयमा विशेष ध्यान दिन सवैलाई ध्यानाकर्षण गराएका हुन ।
वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) र राष्ट्रिय अपांङ्ग महासंघ नेपाल (एनएफडीएन) को प्राविधिक सहयोगमा बेस संस्था (ब्याकवर्ड सोसाइटी एजुकेशन) द्धारा संचालित वास गेन्स परियोजना अन्तरगत गुलरियामा संचालन गरिएको शिक्षा कचहरी कार्यक्रममा विद्यार्थीहरुले उक्त ध्यानाकर्षण गराएका हुन । शिक्षा कचहरीमा स्थानिय जनप्रतिधिी, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती पदाधिकारी, गुलरिया नगरपालिकाको शिक्षा शाखाका प्रतिनिधि लगायतको उपस्थितीमा विद्यार्थीहरुले सवालको उठान गरि जिम्मेवार बन्न आग्रह गरेका हुन ।
विद्यालयमा शैचालयको सरसफाई, नियमित अनुगमन लगायतका कार्र्यमा विद्यार्थीहरुलाई नै अग्रसर गराउन बगलामुखीका एक छात्रले आग्रह गरे । विद्यालयमा भवनको अभाव, जिर्ण भएको शौचालयको पुन निर्माण, फुलबारी निर्माण, खेल मैदानको अभाव, बर्खायाममा फिल्डमा पानी जम्ने समस्याको समाधान गरिदिन कृष्णसार आविकी छात्रा आचल गोडियाले स्थानिय सरकारलाई आग्रह गरेकी छिन । वास गेन्स परियोजनाले गुलरिया नगरपालिकाका १० वटा माध्यमिक तहका विद्यालयमा खानेपानी, सरसफाई, महिनावारी स्वच्छता तथा अपांगता भएका विद्यार्थीहरुको सहयोगका लागी कामगर्दै आएको छ ।
विद्यालयमा भएका सकारात्मक अभ्यास, सम्बोधन गर्नुपर्ने विषय, शिक्षक सिकाइलाई थप प्रभावकारी बनाउन प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समिती, स्थानिय जनप्रतिधि, गुलरिया नगरपालिकाको शिक्षा शाखा लगायतको भुमिका साथै सरसफाई, महिनावारी स्वच्छताका सवालमा विद्यार्थीहरुले सवालहरु उठाएका थिए । उनीहरुले उठाएका विभिन्न सवालहरु शिक्षा शाखा प्रमुख सतिस यादव, सम्बन्धित विद्यालयका प्रधानाध्यपक तथा व्यवस्थान समितीका अध्यक्षले प्रश्नको जवाफ कचहरी मै दिएका थिए । परियोजना बारे जानकारी, संस्थाका अगामी कार्ययोजना, अपाङगता भएका विद्यार्थीका लागी संस्थाले खेल्ने भुमिका सहित विद्यार्थीले उठाएका जिज्ञाशाको सम्बोधन वास गेन्स परियोजनाका संयोजक जगदिश प्रसाद चौधरीले गर्नु भएको थियो ।
कचहरी कार्यक्रममा स्थानिय सरकारले उठेका प्रश्न र स्थानिय सरकारले गर्न सक्ने कार्यहरु बारे गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले प्रष्ट पार्नु भएको थियो । कचहरीमा विद्यालयमा खानेपानी, सरसफाई, महिनावारी स्वच्छता तथा अपांगता भएका विद्यार्थीको विषयमा गत वर्ष विद्यार्थीले उठाएका सवाल र स्थानिय सरकारले गरेको प्रतिबद्धता सहितको भिडियो प्रस्तुत गरिएको थियो । यति मात्र नभई गुलरियामा वास गेन्स परियोजना संचालन भएका मावि तह तथा नभएका आवि तहका विद्यालयमा पुगी खानेपानी, सरसफाई, महिनावारी स्वच्छताको अवस्था, चुनौती र अवसर समेटिएकोे भिडियो प्रस्तुत गरिएको थियो । सोही भिडियो र अवस्थाको वर्णन गर्दै विद्यार्थीहरुले सवाल जवाफ गरेका थिए ।
१० °C काठमाडौं
Facebook Comments