राजापुरमा विपद् पूर्वतयारीको ब्यवस्थापन पूरा
केशव कोईराला, २० साउन, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाले सक्रिय मनसुनसँगै सम्भावित बाढी तथा वर्षाजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीहरू पूरा गरेको जनाएको छ । विपदमा खोज, उद्धार लगायतका आवस्यक सामाग्रीहरु ब्यवस्थापनसँगै तयारी पुरा भएको छ ।
नगरप्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक दिपेश थारुका अनुसार जल तथा मौसम विज्ञान विभागले यो वर्ष अत्यधिक वर्षा हुने अनुमान गरेपछि पालिकाले विशेष सतर्कता अपनाउँदै जोखिम न्यूनीकरणका कार्यहरू अघि बढाएको छ । उद्धार कार्यका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू तयारी अवस्थामा छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नगर प्रहरी, स्वयंसेवक तथा स्थानीय समुदायका सदस्यहरूलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरी आवश्यक स्थानहरूमा तयारी अवस्थामा राखिएको नगरप्रमुख थारुले जानकारी दिनुभयो ।
विशेष गरी बाढीको उच्च जोखिममा रहेका राजापुर नगरपालिकाका वडा नम्बर १, ३, ४, ७ र ९ का तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित राख्नका लागि नगरपालिकाले विभिन्न सुरक्षित स्थानहरूमा ‘सेभ हाउस’ तयार गरेको छ । नागरिकहरूलाई सजग रहन र आपतकालीन अवस्थामा नगरपालिका वा सुरक्षाकर्मीहरूलाई तत्काल जानकारी गराउन समेत उहाँले आग्रह गर्नुभयो । राजापुर नगरपालिका विपद्को सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनमा सक्रिय रूपमा लागि परेको उहाँको भनाई छ ।
११ °C काठमाडौं
Facebook Comments