• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
आयआर्जनका लागि युवा महिलालाई अटोरिक्सा

मुरली गोडिया, १५ पुष, गुलरिया (बर्दिया) । प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बीग्रुप) को साझेदारीमा सञ्चालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत बर्दियाका ६ जना महिलालाई इलेक्ट्रोनिक अटो रिक्सा सहयोग गरिएको छ । विशेषगरि बालविवाहको जोखिममा परेका, आर्थिक बिपन्नता भएका तथा आर्थिक उपार्जन गर्न चाहेका ६ जना महिलाहरूलाई इलेक्ट्रोनिक अटो रिक्सा सहयोग गरिएको हो । 

प्रती रिक्साको मूल्य दुई लाख ३३ हजार ७ सय गरि १४ लाख  २ हजार २ सय मुल्य बराबरको सहयोग गरिएको बताईएको छ । इलेकट्रोनिक अटो रिक्सा चलाई महिलाहरूको आयआर्जन हुने, परनिर्भरताको अन्त्य हुने र अन्य आर्थिक उपार्जनका बाटाहरु अपनाउन सहयोग पुग्ने बाल बिवाह न्यूनीकरण परियोजनाका ब्यवस्थापक खेम भण्डारीले बताउनु भयो । 

बर्दिया जिल्लाको चारवटा पालिकामा संचालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत गेरुवा गाउँपालिकाको दुई जना, मधुबन नगरपालिकाको दुई जना, ठाकुरबाबा नगरपालिकाको एक जना र बारबर्दिया नगरपालिकाको एक जना गरी ६ जना महिलाहरुलाई रिक्सा सहयोग गरिएको प्लान इन्टरनेशनल नेपालका परियोजना संयोजक मानविर बिश्वकर्माले जानकारी गराउनु भयो । 

बालविवाह गरेका तथा बालविवाहको जोखिममा परेका महिलाहरुले पनि समाजमा आर्थिक उपार्जन गर्न सक्छन् भन्ने उदाहरण बन्नका लागि बिग्रुपका अध्यक्ष डा. इन्द्र बहादुर भण्डारीले शुभकामना दिनु भयो । समाजमा पुरुष मात्र नभई महिलाहरूले पनि विभिन्न कामहरू गर्न सक्ने र परिवार पाल्न सक्ने, परनिर्भरता हटाउन सकिनेमा उहाँको जोड छ ।

सम्बन्धित समाचार

Facebook Comments