• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
राजापुरको वडा नम्बर ३ मा ज्ञान, सिपकला तथा भेषभुसाको खोज अनुसन्धान 

केशव कोईराला, २६ पुष । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ को आयोजनामा ज्ञान, सिपकला तथा भेष–भुषा खोज अनुसन्धान विषयक कार्यक्रम गरिएको छ ।

कार्यक्रमको उद्घाटन राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी ले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चौधरीले बिबिध समुदायको मौलिक संस्कृति, पहिचान र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा विभिन्न २५ वटा थारु सांस्कृतिक, देउडा समूहहरूले आफ्ना मौलिक भेष –भुषाा, नृत्य तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए । 

वडा अध्यक्ष प्रसादु थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा पदाधिकारीहरू, विभिन्न सहयोगी संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले स्थानीय ज्ञान, सिप र सांस्कृतिक सम्पदाको खोज, अभिलेखीकरण तथा संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको वडा सचीव सोनु सिजापतिले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments