• १४ असोज २०८०, आइतवार
  • २१ °C काठमाडौं
बाल दिवसमा बालमन्दिरका बालवालिकालाई कापी

बर्दिया । बालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारासहित बर्दियाको गुलरिया स्थित बाल मन्दिर आवाशिय विद्यालयमा ५९ औ राष्ट्रिय बाल दिवस मनाईएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया, बर्दियाको आयोजना, प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा विद्यालयको सहकार्यमा विद्यार्थीहरुलाई कापी वितरणगर्दै बालदिवस मनाईएको हो ।

दिवसमा आयोजित कार्यक्रममा बालमन्दिरको कक्षा ५ मा अध्ययनरत छात्रा आशिका विष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्लले धेरै बर्षको अन्तरालमा राम्रोसँग बाल दिवस मनाईएको बताउनु भएको छ । बाल अधिकारका सवालमा बालवालिकाहरु चनाखो बन्नु पर्ने प्रष्ट्याउँदै आगामी दिनहरुमा बाल दिवस मनाउने तथा बाल अधिकार रक्षा गर्न वडाले जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले नेपालमा २०२१ सालदेखि बाल दिवस मनाउन लागेको ऐतिहासिक पृष्टभुमी बारे प्रकाश पार्नु भएको छ । भाद्र २९ गते नेपालले अन्तर्राष्ट्रिय बाल अधिकारको सम्झौतामा हस्ताक्षर गरेकोले दिवसका रुपमा मनाउन थालिएको हो । संस्थाले बालअधिकारका सवालमा काम गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले बालिकाको क्षमता अभिबृद्धिगर्ने मुख्य लक्ष्य रहेको बताउनु भएको छ । कार्यक्रममा ६० जना बालवालिकालाई कापी, विस्कुट लगायत सचेतनात्मक ब्रुसर वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक, नेपाल पत्रकार महासंघका अध्यक्ष, अभिभावक, संस्थाका पदाधिकारी, कर्मचारी लगायत विद्यालयका विद्यार्थीहरु सहभागी भई बाल दिवस मनाईएको हो । कार्यक्रम संस्थाका कोषाध्यक्ष यज्ञ मजगैयाँले संचालन गर्नु भएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments