• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
खाता क्षेत्रमा अन्नबाली जोगाउनै सकस (तस्विर)

हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा स्थित पथ्थरबोझीका स्थानीयहरु अन्नबाली जोगाउन रातभरी जाग्राम बस्छन् । वन्यजन्तुहरुको वासस्थानमा भएको खण्डिकरणले गर्दा जंगली हात्ती, बाघ, चितुवा, निलगाई लगायतका जनावरले स्थानीयको बालीनाली नोक्सान गर्ने, चौपायाहरु मारीदिने र घर समेत भत्काउने गरेपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य छन् । 


दक्षिणी सिमानातर्फ भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको र उत्तरी भेगमा बर्दिया राष्ट्रिय निकुञ्ज रहेको दुई संरक्षण क्षेत्र जोड्ने खाता जैविकमार्गमा वन्यजन्तु ओहोर दोहोर गर्छन । जसका कारण बन्यजन्तु संरक्षणमा समेत चुनौती छ । जैविक मार्ग मुख्य क्षेत्र डाडागाउँ, पत्थरबोझी, भग्रैया, कोठियाघाट क्षेत्र वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य क्षेत्रको रुपमा रहेको छ । यिनै क्षेत्रमा मानव बस्ती भएकोले मानव र वन्यजन्तु विच द्वन्दका घटनाहरु बढी हुने गरेको छ । संरक्षणका कारण वन्यजन्तुहरुको सख्यामा वृद्धि भई बासस्थान सांगुरो हुँदा मानव तथा वन्यजन्तु बीचको द्वन्द चुनौतिको रुपमा थपिएको छ । निकुञ्ज, मध्यवर्ती र खाता जैविकमार्ग आसपासका बस्तीहरुमा चुनौती देखिन्छ ।


वन्यजन्तुहरुबाट बालीनाली क्षती तथा मानविय क्षती बढ्दै गएको पाईन्छ । बर्दियामा पटेबाघ, जंगली हात्ती, चितुवा र गैडाहरुको आक्रमणमा परि धेरैले ज्यान गुमाएका छन् । जंगली जनावरले बढी मात्रामा पशुचौपाया मारिदिने, घर भत्काइदिने तथा बालीनाली नोक्सान गरिदिने समस्या देखिदै आएको स्थानिय राजु चौधरी बताउनु हुन्छ ।  मानव तथा वन्यजन्तुहरुबीच उत्पन्न भएको असमझदारीले द्वन्द सिर्जना भएको छ । जंगली हात्तीले प्रायः अन्नबाली खाई घर समेत भत्काईदिन्छ । हात्तीले धेरै सताएको छ । उहाँले भन्नुभयो बृद्धअवश्थाका आमाबुबा हुनुहुन्छ आँखा समेत देख्नु हुदैन । घरपरिवार बचाउने कि अन्नबाली जोगाउने हामी वन्यजन्तु पीडितलाई कहि कतैबाट सहयोग र राहत छैन । जंगली हात्ती एक महिनादेखि प्रत्येक दिन आउने गरेको छ । हात्तीले अन्नबाली खान्छ । कुल्चेर नोक्सान पनि गर्छ मधुवन नगरपालिका वडा नम्बर १ पथ्थरबोझीका बरघर भागीराम थारुले भन्नुभयो । गाउँका युवा, महिला र बालबालिका बनाएर अन्नबाली जोगाउन रातभर जाग्राम बस्छन् ।

अन्नबाली भित्र्याउन नपाएको धेरै भयो । यस बर्षपनि धेरै खाईसकेको छ । केही पाइन्छ कि भन्ने आसमा रातीको २/३ बजेसम्म जाग्राम बसेर हात्ती धपाउने गर्छौ । उहाँले भन्नुभयो जंगली हात्तीले नोक्सान गर्न थालेको एक महिना बित्दा पनि कुनै सरकारी निकाय, संघसंस्था हेर्न त के एक शब्द समेत बोलेका छैनन् । हामी वन्यजन्तु पीडित हौं ।  जंगली हात्तीले हाम्रो अन्नबाली खाइदिन्छ घर समेत भत्काईदिन्छ । रातभरी जाग्राम बसेर अन्नबाली जोगाउन प्रयास गर्छौ । राहतका लागी सरकारले पुर्जा खोज्छ तर सुकुम्बासी भएकाले लालपुर्जा छैन । स्थानिय विशाल भण्डारीले भने लालपुर्जा नभएकाले राहत सरकारले दिदैन । पुर्जा नभएकोले राहत पाउँदैनन् । खाता जैविक मार्ग क्षेत्रमा बसोबास गर्ने स्थानीयले कहिले राहत पाउने उहाँको प्रश्न छ । जंगली हात्तीले गर्दा घरमा बस्न सक्ने अवस्था नै छैन स्थानिय सीता थारुले भन्नुभयो । रात परेपछि ज्यु ज्यान जोगाउन धौ–धौ पर्छ । घरमा भएका बृद्धावश्थाका सासुससुरा र छोरीहरुलाई कोठामा थुनेर भागेर ज्यान जोगाउनुपर्छ । पुरुष अन्नबाली जोगाउन घरबाट बाहिर जाने हुँदा हामी महिला घरमै बस्छौं ।

हामीलाई धेरै समस्या छ । भगवानको सेवा गर्ने भक्तजनको घर समेत भत्काईदिने गरेको छ । घरमा भएका अन्नपात खाई नष्ट गरिदिएको छ । कहि कतैबाट पनि सहयोग पाएको छैन स्थानिय मन्दिरका पुजारी बताउनु हुन्छ । सरकारले हेरेको छैन । दुई पटकसम्म घर भत्काइ दियो । स्थानीयलाई जंगली हात्तीबाट ज्यान बचाउन धेरै गाह्रो भएको छ । कोहि भागेर कोहि पलङ्ग मुनि लुकेर ज्यान बचाउन बाध्य छ्न तर सरकार कानमा तेल हालेर बहिरो भएको छ स्थानिय भगत दुर्जन थारुले बताउनु भयो । सरकारले जंगली जनावरहरु मानव बस्तीमा नपस्ने ब्यवस्था मिलाउनु पर्छ । त्यसो हुन नसके क्षती अनुरुप क्षतिपूर्ति दिनुपर्छ । नसके राहतको ब्यवस्था तुरुन्तै गर्नुपर्छ । राहत निर्देशिका झन्झटिलो भएकाले यसलाई सरल र सहज बनाउन उहाँको माग छ । समाधानका उपायहरू अपनाए पनि प्रभावकारी उपायहरु खोज्न जरुरी देखिन्छ उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments