बढैयातालका प्रधानाध्यापकलाई ब्यवहारिक शिक्षाको ज्ञान
दलबहादुर सुनार, २७ माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा आपुरण तथा द्रुत सिकाइ योजना सम्बन्धि प्रधानाध्यापकहरुलाई एकदिने अभिमुखिकरण गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखा बढैयातालको आयोजनामा कार्यक्रम गरिएको हो ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको प्रमुख आतिथ्यतामा प्रधानाध्यापकहरुलाई सिकाइ आपुरण द्रुत सिकाई रियल योजना सम्बन्धि अभिमुखिरकण कार्यक्रममा बढैयाताल गाउँपालिकाका समाजिक बिकास समितिका संयोजक तुलाराम चौधरीले अध्यक्षता गर्नु भएको थियो । बाके युनेस्को क्लबको सशक्त बालिका परियोजनाको सहयोगमा आयोजित अभिमुखिकरणको उद्घाटन शत्रमा परियोजनाका संयोजक गोबिन्द लामिछानेले उद्देश्यमाथि प्रकासपार्दै शिक्षकको क्षमता अभिबृद्धि गरी बालबालिकाको सिकाइमा सैद्धान्तिक ज्ञान भन्दा ब्यबहारीक ज्ञानको माध्यमबाट उनिहरुको सिकाईमा उत्प्रेरित गर्न र रियल योजना निमार्णमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो ।
बालबालिकाहरुलाई किताबी शिक्षाको ज्ञान संगसगै ब्यबहारीक सिकाइमा सुधार गर्नका लागि आपुरण तथा द्रुत सिकाइ योजना प्रभावकारी हुने शिक्षा शाखा बढैयातालकी श्रोत ब्यक्ति बिमलाकुमारी गुरुङ्घले सहजिकरणका क्रममा बताउनु भयो । कार्यक्रममा बढैयातालका प्राथामिक, आधारभुत र माध्यामिक बिद्यालय गरी ३९ जना प्रधानाध्याकहरु सहभागी थिए । बुधवार देखि शुरु भएको ४ दिने कार्यक्रममा ८६ जना बिषयगत शिक्षकहरुलाई अभिमुखिकरण गरिएको सशक्त परियोजना बढैयातालका सुपरभाइजर रामबहादुर चौधरीले जानकारी दिनुभयो ।
Facebook Comments