• ११ जेठ २०८१, शुक्रवार
  • २१ °C काठमाडौं
नेपाल–जापान संस्थागत सहकार्यमा नेपालभर रक्तदान गरिँदै

जापान, चैत १८ । ब्लड डोनर्स सोसाइटी नेपाल र नेपाल कल्याण समाज जापानको सहकार्यमा नेपाल अधिराज्य भरि रक्तदान कार्यक्रम गरिदैछ । नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्माको व्यक्तिगत आर्थिक सहयोग र नेपाल कल्याण समाज जापानको संस्थागत आर्थिक सहयोगमा ब्लड डोर्नस सोसाइटी नेपाल संग सहकार्य गरि नेपालका विकट जिल्ला देखी बिभिन्न शहरहरुमा रक्तदान गरिने भएको हो । 

विगत लामो समय देखि सामाजिक सेवामा कार्यरत सामाजिक सस्था ब्लड डोनर्स सोसाइटी नेपाल र जापानमा रहेका नेपालीहरुको संस्था नेपाल कल्याण समाज जापान बिच सामाजिक कार्यहरुमा सस्थागत सहकार्यका लागि सम्झौता भएको छ । नेपाल कल्याण समाज जापानको स्थापना २०२२ अगस्ट २२ तारिखका दिन भएको थियो । जापानमा बसेर नेपाल र नेपालीहरु बिच एकता र जापानमा नेपाली समुदाय बिच आउने विभिन्न समस्याको समाधान गर्न नेपाल कल्याण समाजले ठुलो भुमिका खेलेको छ । हाल यस संस्था खानागावाको ओदावारा क्षेत्रमा भएता पनि यसको विस्तार जापान भरि हुने कुरा संस्थापक पूर्व अध्यक्ष तथा महासचिव केशव सुवेदीले जानकारी दिनु भएको छ ।  नेपाल र नेपालीको हितको लागी नेपाल कल्याण समाजले जिल्ला, क्षेत्र जातजाति.नछुट्याई जापानमा भएका सम्पूर्ण नेपालीलाई एकजुट बनाइ नेपाल र नेपालीमा भइरहेको विभिन्न समस्या समाधान तिर लाग्ने कार्यक्रमको उद्देश्य छ ।

जस अन्र्तगतसंस्थाले जापानमा आउने नव आगन्तुक विधार्थी, डिपेन्डेन्ट’  कामदार भिषामा आउने सम्पूर्ण नेपालीलाई अभिभावकको भुमिका निर्वाहगर्दै आएको सुवेदीको भनाई छ । नेपाल र नेपालीहरुको संस्कृति परम्परा जोगाउनको लागी जापानमा पनि विभिन्न कार्यक्रम गर्ने संस्थाको योजना छ । यसबाट आएको सहयोग स्वरूप सामाजिक’ कार्यमा लगाइने बताईएको छ । हाल ब्लड डोनर्स सोसाइटी नेपालसंग सहकार्य गरेको छ । नेपालमा रहेका परिवार सदस्य जोकोही रगतको अभावमा हस्पिटल हुनुहुन्छ भने अब नेपाल कल्याण समाज जापान र ब्लड डोर्नस सोसाइटी नेपाल बिच सहकार्य सहित नेपाल अधिराज्य भरि रक्तदान कार्यक्रम हुने जनाईएको छ । रगतको अभाव हुन नदिन थुप्रै कार्यक्रम गर्न सहकार्य भएको छ । गत चैत्र १३ गते बसेको भर्चुअल बैठक मार्फत उक्त सम्झौता गरिएको हो ।

सम्झौतामा ब्लड डोनर्स सोसाइटी नेपालले नेपाल कल्याण समाज जापानलाई संस्थागत सदस्यता प्रदान गर्ने, नेपाल समाज कल्याण जापानले सस्थाले ब्लड डोनर्स सोसाईटी नेपाललाई नगद ५० हजार रुपैया सहयोग गर्नेछ । नेपाल समाज कल्याण जापान सस्थाका उपाध्यक्ष विष्णु शर्माद्वारा ब्यक्तिगत ५० हजार रुपैया सहयोग गर्ने जनाईएको छ । 
ब्लड डोनर्स सोसाइटी नेपाल केन्द्रिय समितिको हरेक कार्यक्रमहरुमा नेपाल कल्याण समाज जापान सहकार्यमा रहने निर्णय भएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले जानकारी गराए ।

सामाजिक अभियन्ता तथा समाजसेवी, नेपाल कल्याण समाज जापानका उपाध्यक्ष शर्मा, हाल जापानका विभिन्न संघ संस्था आबद्ध बौद्धिक तथा व्यवसायिक व्यक्तित्व, नेपाल कल्याण समाज जापान र ब्लड डोर्नस सोसाइटीसंग समन्वय कार्यमा प्रमुख भुमिका रहेको छ । उहाँहरुले जापान तथा नेपालका थुप्रै सामाजिक संघ संस्था तथा सामाजिक अभियानमा आर्थिक सहयोग गरिरहनु भएको छ । बैठकमा नेपाल कल्याण समाज जापानका अध्यक्ष सुबर्ण भट्ट, उपाध्यक्ष विष्णु शर्मा, उपाध्यक्ष कासीराम भण्डारी, महासचिव केशव सुवेदी, कोषाध्यक्ष लालमणी सापकोटा, सह–कोषाध्यक्ष भिमढकाल, सदस्यहरु खेमराज सापकोटा (राजु), कृष्ण प्रसाद खरेल, सुवर्ण लामा, विशाल पंगेनी, सल्लाहाकार जय ब. खड्का र ब्लड डोनर्स सोसाइटी नेपालका तर्फबाट अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष हरि न्यौपाने, महासचिव अन्जन दवाडी, सल्लाहकार तथा संयोजक वाल चन्द्र पोख्रेल सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार

Facebook Comments