• ११ जेठ २०८१, शुक्रवार
  • २० °C काठमाडौं
गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा  न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन् । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन् । 

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । दुवैले संयुक्त रुपमा निवेदन दिएको र सोहि दिन न्यायाधीश भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो ।

सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ । नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहेका निशानले  २०७७ सालमा रिचासँग कानुनी विवाह गरेका थिए । 

सम्बन्धित समाचार

Facebook Comments