• ११ जेठ २०८१, शुक्रवार
  • २० °C काठमाडौं
बर्दियामै पहिलो पटक राजापुरले क्षयरोग परिक्षण गर्ने 

केशव कोईराला, चैत २७, राजापुर (बर्दिया) । बर्दिया जिल्लामै पहिलो पटक राजापुर नगरपालिकावाट क्षयरोग परिक्षण कार्यक्रम शुरु गरिने भएको छ । सन् २०३५ सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने अभियान अन्र्तगत राजापुर नगरपालिकाका बिभिन्न बडा र टोल–टोलमा क्षयरोगको परिक्षण र उपचार शुरु गरिने मंगलवार एक कार्यक्रम मार्फत जानकारी गराइएको छ । 

राजापुर नगरपालिकाले आयोजना गरेको नगरस्तरिय कार्यक्रम कार्यान्वयन अभिमुखीकरणमा क्षयरोगी खोजपड्ताल र उपचार कार्यक्रम लागु भएकोले क्षयरोग मुक्तपालिका बनाउन सवैले सहयोग गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले आग्रह गर्नुभयो । कार्यक्रमलाई सहजिकरणगर्दै टिवी नेपालका महेश पुरीले सन् २०३५ सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य अनुरुप बिरामिलाई केन्द्र बिन्दुमा राखी उपचार गर्न स्थानिय सरकारले अपनत्व ग्रहण गर्नुपर्ने बताउनु भयो । बि.सं.२०७७/०७८ मा प्रतिलाख जनसंख्यामा २ सय ३८ जना क्षयरोगी भेटिएकोमा बि.सं.२०८२/०८३ मा  १८ मा झार्ने योजना अनुरुप कार्यक्रम लागु भइरहेको पुरीको भनाई छ । 

संघ प्रदेश, स्थानिय तह, र वडाहरुमा छुट्टाछुट्टै समिती गठनगरी क्षयरोगी पत्ता लगाउन थालिने सरकारी नीति छ । हाल १ सय जनामा ६० जना क्षयरोग जाँच बाहिर रहेको तथ्य भएकाले स्थानिय श्रोत साधनको परिचालन गरी दिगोरुपमा क्षयरोग सेवा प्रदानगर्न आवश्यक रहेको कार्यक्रममा जानकारी गराइएको छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा उप प्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही, वडा अध्यक्षहरु, बिभिन्न स्वास्थ्य सँस्थाका प्रतिनीधिहरु सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments