• ११ जेठ २०८१, शुक्रवार
  • २१ °C काठमाडौं
गोचाली परिवारलाई थारु समुदायको सवाल उजागर गर्ने थलोको रुपमा बिकास गर्नुपर्ने : अध्यक्ष 

बर्दिया, १ बैशाख । थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद थारुले गोचाली परिवारलाई थारु समुदायका सवाल उजागर गर्ने थलोको रुपमा बिकास गर्नुपर्ने बताउनु भएको छ । थारु भाषा उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८) को ५३ औँ दिवसको अवसरमा बर्दियाको बारबर्दियामा भएको कार्यक्रममा उहाँले थारु समुदायको जागरणका लागि स्थापना भएको गोचारी परिवार थारु समुदायको जागरण पैदा गर्ने महत्पपुर्ण भूमिका निर्वाह गरेकोभन्दै सोकुरा बताउनु भएको हो । 

गोचाली परिवारले अबका दिनमा सरकारी कार्यालयमा थारु भाषामा कामकाजी भाषा बनाउन, थारु स्वायत्त प्रदेश वा पालिका बनाउन, थारु बाहुल क्षेत्रमा भाषाको पाठ्यक्रम लागु गराउन भूमिका खेल्ने कार्यमा जोड गर्नुपर्ने प्रष्ट्याउँदै थारुमा भाषिक विविधता रहेकोले यसलाई मानक भाषा बनाउनमा पहल कदमी लिई गोचाली परिवारले नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । थारु भाषालाई प्रयोग र रोजगारसंग जोड्न नसकिरहेको अवस्थमा भाषा संरक्षण चुनौती हुनसक्ने उहाँको चिन्ता छ । भाषा संरक्षणमा आयोगले पहलकदमी लिरहेकोले गोचाली परिवारको सहयोगको आवश्यकता रहेको औल्याउनु भयो । थारु समुदायका नामाकरण गरिएका बिषयहरु नाम, धर्म परिवर्तन हुदै गईरहेको छ, यसले थारु संस्कृतिमा ठुलो बिचलन ल्याईरहेकोले गोचाली परिवारको दायरा फराकिलो बनाउनु पर्नेमा उहाँको जोड छ ।  

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सामाजिक विकास पुर्वमन्त्री तिलकराम शर्मा (हिमाल) ले अहिले वर्गीय सवाललाई टुक्राउने कार्य भएकोले संघीयता र गणतन्त्रमा समस्या उत्पन्न भईरहेको बताउनु भयो । जाती, समुदाय, धर्म, संस्कृति, लिङ्ग, वर्गको आधारमा टुक्राउने तत्व हावी भएकोले एकजुट हुन आवश्यक रहेको बताउँदै बिपन्न र पिछडा वर्गको अधिकार सुनिश्चित गर्नका लागि एकताको आवश्यकता रहेको दोहोर्याउनु भयो । पुर्व मन्त्री तथा थारु मुक्तिमोर्चा नेपालका केन्दिय सदस्य सन्तकुमार थारुले गोचाली परिवारले रानीतिक नेतृत्व उत्पादन गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भएको छ । पंचायत कालमा बहुदलीय ब्यबस्था नरहेको अवस्थामा नेतृत्व निर्माण गर्ने बलियो आधार खम्बाको रुपमा लिन सकिने बताउँदै यसले क्रान्ति उत्पन्न गरेर परिर्वतन ल्याउनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको जनाउनु भयो । अझैपनि खोजिएको परिवर्तन नभएको कारणले सबै मिलेर जुरमुराउन आवश्यक रहेको औल्याउनु भएको छ । 

थारु भाषा साहित्य उत्थान मञ्च (गोचाली परिवार २०२८) का संस्थापक सदस्य भगवती प्रसाद थारुले अन्याय अत्याचार बिरुद्धको अभियान गोचाली परिवार रहेको बताउँदै राज्यसत्ता परिर्वतन र हालको अवस्था ल्याउनमा गोचारी परिवारको महत्वपुर्ण योगदान रहेको प्रष्ट पार्नुभयो । साहित्य र लेखनको माध्यमबाट थारु समुदायामा जागरण पैदागर्ने आधार रहेकोले अहिले गोचाली परिवारलाई समय सान्र्दभिक बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । थारु नेता तथा बारबर्दिया नगरपालिकाका पुर्व नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर) ले नेपालको सविधानमा उल्लेख गरिएका थारु समुदायका हक अधिकारलाई कार्यान्वयन गर्नका लागि ऐनहरु बन्न नसकेका करणले थारु समुदाय पछाडी परिरहेको बताउनु भएको छ । 

बिपन्न बर्गका हक अधिकारहरु मौन रुपमा खोसिदै गएकोले यस बिषयमा थारु समुदाय सचेत हुनुपर्ने बताउनु भएको छ । तत्कालीन अवस्थामा पंचायत कालमा परिवर्तनको मुहान फुटाउने गोचाली परिवार वर्तमान अवस्थामा थारु समुदायका अधिकार प्राप्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो । थारु साहित्यकार, लेखक, राजनीतिज्ञ, बुद्धिजीविहरुको सहभागिता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले गोचाली परिवारलाई चालयमान र थारु समुदायका सवाललाई उत्थान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा कला साहित्य प्रति रुचि राख्ने स्रस्टाहरुले आफ्नो कला तथा प्रतिभा प्रस्तुत गर्नु भएको छ । प्रत्येक बर्ष बैशाख १ गते मनाईने गोचाली दिवसलाई पनि यस बर्ष पनि निरन्तता स्वरुप मनाईएको हो । बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा रहेको बेपत्ता योद्धा स्मृति पार्क सिम्रहवामा भएको कार्यक्रममा गोचाली परिवारका अध्यक्ष दशरथ अगलपथ थारु (सुदिन) को सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिब कालिराम थारुले गर्नु भएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments