• ५ असार २०८१, मङ्गलवार
  • २६ °C काठमाडौं
सडकको द्र्रुदशाभोग्दै गुलरिया वाईपास सडक किनारका स्थानिय

बर्दिया, ०३ वैशाख । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

                                                                                         

बर्दियाको गुलरिया नगरपालिकाको वस पार्कदेखि कृषि कार्यालय पछाडी हुँदै वडा नम्बर ८ ईटा भट्टा रोड भएर पशु वधशाला अगाडी नेपालगञ्ज गुलरिया हुलाकी सडक खण्डमा मिसिने वाईपास सडक लामो समयदेखि नवन्दा त्यस क्षेत्रका स्थानियहरु लगायत सवारी चालकहरुले सास्ती ब्यहोर्नु परेको छ ।  कालोपत्रे गरिएको सडक लामो समयदेखि भत्किएको भएपनि सरोकारवाला निकायले सडक पुर्न निर्माण गर्न सकेको छैन । सडकका खाल्टाखुल्टी बेला बेलामा नगरपालिकाले ग्राभेल हालेर जुगाडले सडक चलाएको पाईन्छ । वाईपास सडकखण्डहुँदै अधिकांस निजि तथा सवारी साधनहरु गुड्ने गरेका छन् ।

सडकमा हालिएको ग्राभेलका ढुँगाहरु सवारी साधनले उछुट्याएर कतिपय टोलवासीहरुको टाउको लगायत शरिरमा चोट पटक लागेको स्थानियले गुनासो समेत गरेका छ । सडकको द्र्रुदशा हुँदा समेत राज्य मूकदर्शक बनेर जुगाडमा चलेको देखिन्छ । गुलरिया नगर एवम् बजार क्षेत्रको बिकासको मेरुदण्डका रुपमा मानिने बाईपास सडकको तत्काल निर्माण कार्य अघि बढाउनु पर्ने आवस्यकता खट्किएको छ । सडककै कारण धुलो उड्दा स्थानियहरु बिरामी हुन बाध्यछन् । उनीहरुको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेकोले सडक निर्माणका लागि सम्वन्धित निकायको ध्यान जाओस् ।

सम्बन्धित समाचार

Facebook Comments