• ५ असार २०८१, मङ्गलवार
  • २६ °C काठमाडौं
समुदायमा सकारात्मक यौनिकता बारे ब्यापक छलफल

विष्णु अधिकारी, २६ वैशाख, बर्दिया । समाजमा यौनका बिषयमा सकारात्मक धारणा नबन्दा बाल विवाह, घरेलु हिंसा, सामाजिक अपराधलाई बढावामा टेवा पुगेको वाँके युनेस्को क्लबले गरेको अध्ययनले देखाएको छ । यौनिकतालाई मानवीय स्वास्थ्यसंग पनि जोडेर समुदाय तथा विद्यालय स्तरबाट नै पाठ्य सामाग्री तयार गरि अगाडी बढाउन सकेमा यौनिकताले  समानता पाउने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर वि.क.ले बताउनु भयो । 

हाम्रो जस्तो मुलुकमा यौनिक असमानता बच्चा गर्भमा रहेदेखि नै सुरु हुने भएकाले सकारात्मक यौनिकताका विषयमा घरघरमा छलफल चलाउन सुरु गर्नुपर्ने वि.क.ले औल्याउनु भयो । बाल बालिकालाई विपरित लिङ्ग प्रतिको आर्कषण, माया प्रेम र उमेर नपुग्दै विहेवारीका विषयमा बुझाउन सकिएमा बालविवाह पछिको शारिरिक र मानसिक जटिलताका विषयमा पनि विद्यालय स्तरबाट नै पाठ्यक्रममा समावेश गर्न ढिला गर्न नहुने कुरा छलफलका क्रममा सहभागिहरुले उठाएका थिए । सहभागिहरुले विद्यालय स्तरबाट नै यस विषयमा छलफल भयो भने नकारात्मक धारणाबाट समाज सकारात्मक दिशा तर्फ अग्रसर हुने धारणा राखेका थिए । 

सामाजिक कार्यक्रममा यौनिकताका विषयमा न्यून छलफल हुने विषयलाई खुलेर कुरा गर्न नसकिरहेको अवस्थामा यौनिक सम्वाद कार्यक्रमले सकारात्मक उर्जा थपेको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताउनु भयो । प्रमुख यादवले यौनिकताका विषयमा बालबालीका विच छलफल हुन आवश्यक रहेको जसले गर्दा बालबालिकामा यौन प्रति सकारात्मक धारणा बन्ने उनको तर्क छ । सकारात्मक यौनिकताका विषयमा महिला पुरुष खुलेर सम्वाद गर्न सुझाउनु भयो । 

बालबालिकामा बढ्दो उमेर सँगै शारिरीक यौन परिवर्तनका कुरालाई व्यवस्थापन गर्न सके सामाजिक अपराध न्यून हुन मद्दत पुग्ने बर्दिया नागरिक समाजकी संयोजक हिमा सुनारको धारणा छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यले समाजको सबै तह र तप्काले यस विषयमा जानकारी दिई सामाजिक सुधारका लागि सबैले हातेमालो गर्न आग्रह गर्नुभयो । कार्यक्रम प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले संचालन गरेको थियो । सम्वाद कार्यक्रममा धार्मिक अगुवा, बरघर, बालबालिका, नागरिक समाज र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments