• ५ असार २०८१, मङ्गलवार
  • २६ °C काठमाडौं
पाँचौ अध्यक्षकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक

दलबहादुर सुनार, २६ वैशाख, बढैयाताल (बर्दिया) । बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ स्याउलीबजारद्धारा सञ्चालित प्रतियोगिताको सार्वजनिक सुनुवाई गरिएको हो । 

पुस्तकालयद्धारा २०८० चैत्र २९ गते देखि २०८१ बैसाख ८ गते सम्म संचालित पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको आम्दानी तथा खर्चको विवरण सहित सार्वजनिक गरिएको जनाएको छ । पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षता तथा बढैयाताल गाउँपालिका ८ नं. वडाका अध्यक्ष तेजनाथ पौडेलको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो । कार्यक्रममा पालिका, वडा कार्यालयको १÷१ लाख अनुदान सहित बिभिन्न सहकारी, उद्योग, निमार्ण कम्पनी, बिद्यालय लगायतका संघ संस्थाबाट सहयोग ७ लाख ४२ हजार ६ सय रुपैया आम्दानी भएको हो । 

प्रतियोगिता सञ्चालनमा ४ लाख ९९ हजार २३६ खर्च भएको र २ लाख ४३ हजार ३६४ संस्था बचत भएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमका, ज्येष्ठ नागरिक संघ बर्दियाका अध्यक्ष टुकराज घिमिरे, बिद्या ज्योती माध्यामिक बिद्यालय कण्ठपुरका प्रधानाध्यापक भक्तिशागर रेग्मी, शारदा बहुमुखि क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठी लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रममा पुस्तकालय संग सम्बन्धित सरोकारवाला, नागरिक समाजका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको श्रोत केन्द्रले जनाएको छ ।  

सम्बन्धित समाचार

Facebook Comments