• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा बर्दियाकी एक युवतीको निधन

धनगढी, १ जेठ । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो।

निधन हुनेमा भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो।

सम्बन्धित समाचार

Facebook Comments