• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
समुदायको आयआर्जन उकास्न माछा पोखरीमा सहयोग

विपना थारु, ५ जेठ, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नं–३ भग्रैयामा मानव वन्यजन्तु सह–अस्तित्व कायम गर्न तराई भु–परिधी कार्यक्रम (ताल) कोहलपुर बाँकेको आर्थिक सहयोग र खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं–३ खाताको समन्वय ५ वटा माछा पोखरी खन्न सहयोग गरेको छ । 

जंगल छेउमा अन्नबाली लगाएको खण्डमा वन्यजन्तुले खाई नष्ट गरि आम्दानी लिन नसकेको अवस्थामा माछा पोखरी सहयोग गरेको खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं–३ का अध्यक्ष हरि गुरुङ्गले बताउनु भयो । सोही खेतवारि भएर जंगली हात्ती गाउँबास्ती पसेर दुख्ख दिदै आईरहेको हुनाले माछा पोखरी बनाउदा आय आर्जनमा समेत टेवा पनि पुग्ने र जंगली हात्ती गाउँ बस्तीमा प्रवेश गर्न नसक्ने हुदा वन्यजन्तु पिडितलाई माछा पोखरी सहयोग गरेको गुरुङ्गले बताउनु भएको छ ।

बन्यजन्तु पीडित सुरेशराज योगि भन्नुहुन्छ आफ्नो नम्बरी जग्गाको उब्जनी खान नपाए पनि राज्यलाई मालपोत तिर्दै आएका छौं । अन्नबाली लगाएपनी घर भित्र्याउन पाइदैन । सबै वन्यजन्तुले खाईदिने हुनाले खेतबारी बांझो रहेको थिथो । यस्तो अवस्थामा अहिले माछा पोखरी पाउँदा खुशी छौ । माछा पोखरी बनाउदा जंगली हात्ती गाउँ बस्ती पनि नपस्ने र कमसेकम मालपोत तिर्ने पैसा माछाबाट आउनेमा आसावादी छु । उहाँले भन्नुभयो, ताल र खाता समन्वय समितिलाई धेरै धेरै धन्यवाद । यस्तै जनमुखी कार्यक्रम ल्याई रहोस् ।
प्रशिक्षार्थी पत्रकार ...

सम्बन्धित समाचार

Facebook Comments