• ५ असार २०८१, मङ्गलवार
  • २६ °C काठमाडौं
प्रर्याप्त सिंचाई नहुँदा चैतेधान रोपाइमा गिरावट

केशव कोइराला, ६ जेठ, राजापुर (बर्दिया) । बर्दियामा यसबर्ष चैतेधानको रोपाइमा गिरावट आएको छ । गत बर्ष एक हजार ४ सय ५० हेक्टरमा चैते धान खेती भएकोमा यस वर्ष एक हजार २ सय १ हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपाइँ भएको छ ।

बबई सिँचाइ आयोजना मर्मतका कारणले बर्दिया जिल्लामा गत वर्षको तुलनामा चैते धान रोपाइँको क्षेत्रफल घटेको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ । निर्देशनालयका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी डिल्लीराज पौडेलले गतवर्ष भन्दा यो वर्ष चैते धान खेतीको क्षेत्रफल २ सय ४९ हेक्टर क्षेत्रफल घटेको बताउनु भयो । लुम्वीनि प्रदेशमा सबैभन्दा धेरै चैते खेती बर्दियामा हुन्छ जसमध्ये राजापुरमा चैते धान खेती गर्ने गरिन्छ । 

सम्बन्धित समाचार

Facebook Comments