• ५ असार २०८१, मङ्गलवार
  • २६ °C काठमाडौं
लक्षित समुदायका महिलाहरुलाई तरकारी खेती सम्बन्धी तालिम

विन्दु चौधरी, ६ जेठ, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाका लक्षित समुदायका महिलाहरुलाई तरकारी खेती सम्बन्धी ज्ञान दिने उदेश्यले घुम्ती स्थलगत कृषि तालिम प्रदान गरिएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको आयोजना र लालिमा पुष्पकमल महिला बहुउदेश्यीय सहकारी संस्थाको समन्वय र सहभागितामा तालिम दिईएको हो ।

तालिममा किसानलाई ब्यवसायिक तरकारी खेती ब्यवस्थापन, रोग किरा नियन्त्रण, विषादी न्यूनिकरण, एकिकृत शत्रु जिव, तरकारी बालीको किसिम, महत्व लगाएतका कुराहरु सिकाईएको सहकारी सस्थाका मुख्य प्रवन्धक जुना खड्काले जानकारी दिनुभयो । ३० जना तरकारी खेती गर्ने महिला कृषकहरु सहभागी तालिममा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका बागवानी प्राविधिक अधिकृत तिर्थ खड्काले प्रशिक्षण गर्नुभएको थियो । 

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको वार्षिक लक्ष्य अनुरुप स्थलगत घुम्ती तालिम कृषि अन्तर्गत ५ वटा र पशुपंक्षी अन्र्तगत ५ ओटा संचालन गरिएको प्रशिक्षक खड्काको भनाई छ । लक्षित समुदायका मुक्तकमैया, कमलहरी तथा ब्यवसाय उन्मुख खेती गर्ने कृषकहरुलाई छनोट गरि तालिम संचालन गरिएको बताउनु भयो । किसानको लागि कुनै पनि प्रकारको तालिम, अुभिमुखिकरण कृषि उत्पादन र पशुपालनको लागि स्थलगत रुपमा प्रदान गर्दा प्रभावकारी र प्रेरित हुने भन्दै स्थलगत रुपमा तालिम दिदै आइरहेको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments