• २८ असोज २०८१, सोमवार
  • २४ °C काठमाडौं
सञ्जाल 

सञ्जाल 

अहिले सबै कुरा सम्झेर एक्लै मुस्कुराउँदै बसेको छु 
एकान्त भयर होला एकान्त पलमै रमाउन खोज्दै छु

सबैलाई कामकै पिरछ एक वचन बोल्न कसैसँग फुर्सदै छैन   
मानिसको बीचमा मरेपनि कसैलाई वास्तै छैन 

भीडभाडमा कसैलाई चोट लाग्यो भने त
सहयोग गर्नु कहाँ छ कहाँ मोबाइल निकालेर , सामाजिक सञ्जालमा पीडा पोस्टाईन्छ

अहिलेको दुनियाँमा कसैलाई कसैको वास्तै छैन 
कस्तो बनाई दियो यो जिवन सञ्जालले 

आफ्नै परिवारसँग बोल्न पनि फुर्सद छैन 
सञ्जालले मानिसलाई कर्तव्यबाट पन्छ्याउँदै लगेको छ

 

सम्बन्धित समाचार

Facebook Comments