• ५ असार २०८१, मङ्गलवार
  • २५ °C काठमाडौं
बेसार प्रशोधन केन्द्र स्थापनागर्दै सुनौलो महिला सहकारी 

चुरेकुञ्ज, ८ जेठ, बर्दिया । सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरिया ६ बर्दियाले बेसार प्रशोधन केन्द्र स्थापना गरेको छ । लुम्विनी प्रदेश सरकार कृषि तथा भुमि ब्यवस्था मन्त्रालय पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय अन्र्तगत एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय बर्दियाको सहयोगमा बेसार प्रशोधन केन्द्र संचालन गरेको हो ।

सहकारी संस्थाको समेत लगानीमा स्थापना गरिएको प्रशोधन केन्द्रमा वासिंग मेसिन, पिलर मेसिन, ड्रयर मेसिन लगायत प्याकेजिङ मेसिन रहेको सहकारीकी अध्यक्ष ईन्दिरा सुवेदीले सार्वजनिक सुनुवाई मार्फत जानकारी दिनु भएको छ । जसमा प्रदेश सरकारको १७ लाख २ हजार ४६९, संस्थाको ५ लाख ६७ हजार ४८९ गरी कुल २२ लाख ६९ हजार ९५९ रुपैयाको सम्झौता सहकारीसँग भएको छ । 

प्रशोधन केन्द्र मार्फत बेसार पाउडर उत्पादन गरी विक्री वितरण गर्ने सहकारीको लक्ष्य छ । कार्यक्रम मार्फत २ सय ३० जना लाभान्वित हुने बताईएको छ । बेसार प्रशोधन केन्द्र स्थापनासँगै महिलाको आयआर्जनमा पहुँच पुग्ने अध्यक्ष सुवेदीले विस्वास ब्यक्त गर्नु भयो । कार्यक्रमको सार्वजनिक सुनुवाईलाई सम्बोधनगर्दै प्रमुख अतिथी गुलरिया नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत ओमकार शाहले सहकारीले उत्पादन गरेको बेसार बजारीकरणमा नगरपालिकाले सहजीकरण गर्ने प्रतिवद्धता ब्यक्तगर्दै उद्योगले नगरको आर्थिक प्रर्बद्धनमा टेवा पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।

गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले वडाका महिलाहरुले मिहिनेतका साथ संचालन गरेको बेसार प्रशोधन केन्द्रलाई उचाईमा पुर्याउन वडाले भरपुर सहयोग गर्ने बाचा गर्नु भएको छ । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले प्रशोधन केन्द्रलाई संरक्षणसँग जोड्दै अघि बढ्न सुझाव दिनु भएको छ । कार्यक्रममा विभिन्न संघ संस्था, टोलवासीहरुले आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments