• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
बढैयातालको टोलटोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना 

दलबहादुर सुनार, ८ जेठ, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिकाको टोलटोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्य संचालन गरिएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाँके यूनेस्को क्लब सशक्त बालिका परियोजनाले बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ का गाउँ बस्तिका टोलटोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको हो । 

बढैयातालको वडा नम्बर ९ जनतानगरका बुवा समुहमा जेष्ठ ६ गते देखि ८ गते सम्म सञ्चालन कार्यक्रम गरिएको छ । यसअघि बढैयातालको वडा नम्बर ७ को रामनगर टोल, पडेरीया टोल  र वडा नं. ८ को नयाँवस्ती टोलमा सचेतना दिने कार्य सम्पन्न भैसकेको छ । बाल विवाह, छिटो हुने र जवरजस्ती गरिने बिवाह र  यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समुदाय स्तरका नागरिकमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले आईतवारदेखि मंगलवार सम्म कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यमा बुवाहरुको भुमिका, बालबालिकाको सामाजिकीकरण, लैङगिकता र सामाजिक मान्यताहरु, किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्यको अधिकार, महिनावारी व्यवस्थापन, विवाह, गर्भधारण र सुरक्षित गर्भपतन लगाएतका बारेमा अमिमुखिकरण गरिएको छ । दलबहादुर सुनारले सहजीकरण गरेको उक्त कार्यक्रममा जनतानगरका २१ जना स्थानिय पुरुषहरुको सहभागिता थियो । कार्यक्रमको समापनमा सहभागि पुरुषहरुलाई एक एक वटा सेनेटरी प्याड बितरण गरिएको बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोजना बढैयातालका सुपरभाइजर रामबहादुर थारुले बताउनु भयो ।

 

सम्बन्धित समाचार

Facebook Comments