• ५ असार २०८१, मङ्गलवार
  • २५ °C काठमाडौं
राजापुरमा संगितमय व्यायम पिटी, प्रार्थना व्यवस्थापन तालिम शुरु

केशव कोइराला, १० जेठ, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले शिक्षा क्षेत्रको बिकाशमा आफु कहिँपनी नचुक्ने बताउनु भएको छ । राजापुर नगरपालिका भित्रका खेल शिक्षकहरुका लागी आयोजना गरिएको संगितमय व्यायम पिटी र प्रार्थना व्यवस्थापन सम्वन्धी ३ दिने तालिम को उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । 

अशिक्षीत आमा बुवाले समेत आफ्नो छोराछोरी पढेर उच्च शिक्षा लिउन भन्ने सोच गर्छन भन्दै आफुले पनी राजापुर क्षेत्रका बालवालिकाको पढाई अब्बल बनेको हेर्ने चाहाना भएको धारणा राख्नुभयो । बिद्यार्थी अव्वल बनाउन शिक्षककै भुमिका रहने हुँदा शिक्षकहरुलाई आवश्यक पर्ने तालिमको आयोजना गरिएको र तालिम पश्चात बिद्यार्थीहरुलाई अनुशासित र मर्यादित बनाउने शिक्षक मध्येवाट उत्कृष्ट शिक्षकलाई सम्मान गरिने बताउनुभयो । 

बिद्यार्थीहरुलाई अनुशासित र फुर्तिलो बनाएर अध्यनमा लगनशिल बनाउने उदेश्यले तालिमको आयोजना गरिएको राजापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दलवहादुर चौधरीले बताउनु भयो । प्रार्थना समय संगितमय कसरी बनाउने, सहजै कसरी पिटी खेल्न सिकाउने बिद्यार्थीहरुमा नम्रता, अनुशासीत व्यवहारबारे तालिममा अभ्यास गराइने कालिका ज्ञान मानव माध्यमिक बिद्यालय बुटवलका खेल शिक्षक तथा देशकै उत्कृष्ट प्रशिक्षक हरिश ओलीले बताउनु भयो । राजापुर नगरपालिकाको आयोजनामा शुरु भएको तालिममा राजापुर नगरपालिका भित्रका ३७ बिद्यालयका खेल शिक्षक सहभागी छन् ।

सम्बन्धित समाचार

Facebook Comments