• २७ कार्तिक २०८१, मङ्गलवार
  • २२ °C काठमाडौं
बजारकै छाडा पशु नियन्त्रण हुन सकेनन 

बर्दिया, १२ जेठ । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

                                                                                               

बर्दियाको सदरमुकाम गुलरिया बजार क्षेत्रमा छाडा पशुहरु नियन्त्रण हुन सकेका छैनन् । बजारमै गाई, गोरु, बाख्रा, घोडा, गधा लगायतका छाडा चौपायाहरुका कारण गुलरिया बजार क्षेत्र अस्तब्यस्त देखिन्छ । एकातिर नियन्त्रणमा चुनौती त छदैछ । अर्कोतिर द्र्रुघटनाको जोखिम पनि उत्तिकै छ । गुलरिया बजारको राधाकृष्ण चोक, पुरानो हुलाक चोक, गणेशमान चोक लगायत मुख्य बजारका सडकहरुमा छाडा पशुहरु निर्वाध विचरण गर्दा समेत सम्वन्धित पक्षले नियन्त्रणको योजना बनाउन नसक्नु लज्जास्पद हो । केही स्थानिय ऐन नियम बनाएर नियन्त्रण हुने छाडा पशु चौपायाहरु वेवास्ताका कारण जटिल समस्या बन्दै गैरहेका छन् । सडक लगायत पसलका अगाडी निर्वाध रुपमा छाडा पशुहरु बस्ने हिडडुल गर्ने गर्दा पदयात्री, ब्यापारी लगायत स्थानियहरु समस्या झेल्न बाध्य छन् । बर्दियाका धेरै जसो पालिकाहरुका बजारहरुमा छाडा पशुहरुको समस्या यथावत देखिन्छन् । तशर्थ सम्वन्धित निकायको छाडा पशु चौपाया नियन्त्रणमा कडा निति नियम बनाई तत्काल समस्या साधान गर्न अग्रसर होस् ।

सम्बन्धित समाचार

Facebook Comments