• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
गुलरियामा दोस्रो मेयरकप बुद्धिचाल प्रतियोगिता सम्पन्न 

मुरली गोडिया, २० जेठ, बर्दिया । गुलरियामा संचालित दोश्रो मेयरकप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । गुलरिया नगरपालिकाको आर्थिक सहयोग र बर्दिया जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताका बिजयीलाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ  ।

प्रतियोगितामा खुलातर्फ  प्रथम मिलन पुन मगर,  दोस्रो दिनेश पुन मगर, तृतिय पर्वत कुमार पार्की, भएका छन । यस्तै विद्यार्थी तर्फ प्रथम अन्जना थापा मगर, दोस्रो रेखा थापा मगर, तृतिय विकास वोहरा हुनु भएको छ । भेट्रान तर्फ प्रथम माधव वहादुर थापा भएका छन् भने महिला तर्फ प्रथम  ममता पुन मगर, दोस्रो  भावना रोका मगर हुनु भएको निर्णयक मण्डलका संयोजक सागर चापागाईंले जानकारी दिनु भयो । बुद्धिचाल संघ लुम्बिनी प्रदेश सदस्य इश्वर श्रेष्ठले बुद्धिचाल खेलको महत्वको वारेमा प्रकाश पार्दै चेस खेलले बौद्धिक विकासका साथै मानसिक विकासमा ठूलो भुमिका खेल्ने बताउनु भयो । 

उहाँले यो खेल हरेक वर्ग, हरेक उमेरका व्यक्तिले खेल्न सकिने बताउनु भयो । प्रतियोगिताको उदघाटनगर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले वर्तमान अवस्थामा आजका युवाहरु मोवाइलमा बढी व्यस्थ भएको अवस्थामा यस्ता बौद्धिक खेलको आयोजनाले समाजमा सकारात्मक सोचको विकास हुनेमा आफू पूर्ण रूपमा विश्वस्थ रहेको बताउनु भएको छ । जिल्लामा बुद्धिचाल खेलाडीहरुको क्षमता विकास तथा हौसला प्रदानका निमित्त स्थानिय पालिकाले निती तथा कार्यक्रममै बजेट छुटाएर अगाडि बढे यो खेलको वृद्धि बिकासमा टेवा पुग्ने संघ वर्दियाका उपाध्यक्ष पुष्पलाल शर्माले बताउनु भयो ।

https://www.facebook.com/Churekunja/videos/1196569867999346

सम्बन्धित समाचार

Facebook Comments