• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
बर्दियाको मधुवनमा प्रथम कृषि मेला सम्पन्न

हरि गुरुङ, २० जेठ, मधुवन (बर्दिया) । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा प्रथम कृषि मेला सम्पन्न भएको छ । “उन्नत प्रविधिमा पहुँच बढाई, कृषिमा ब्यवसायीकरण गरौं“ भन्ने मुल नाराका साथ विहिवारबाट शुरु भएको मेला शनिवार सम्म चलेको थियो । 

मधुवन नगरपालिकालाई मकै केन्द्र (हब) कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कृषि मेला आयोजना गरिएको मधुवन नगरपालिकाका कृषि शाखा प्रमुख एकराज वलीले बताउनु भयो । कृषि मेलामा विभिन्न किसिमका ४५ वटा स्टल राखिएका थिए भने कृषकहरुलाई उपयोगी हुने विउविजन, मल, कृषि औजार, बाली उपचार शिविर, माटो परिक्षण ल्याब, स्थानीय उत्पादन राखिएको थियो । स्थानीय किसानहरुको जिवनस्तर उठाउने, ज्ञान, चेतनामा वृद्धि गर्ने र कृषिमा ब्यवसायिक तरिकाले खेती गरि उत्पादन बढाउँदै कृषिको खुड्किलोको रूपमा मेलालाई लिईएको छ । 

कृषि मेला ३ हजार जनाले अवलोकन गरेका छन् । कृषिमा ब्यवसायिकरण गरौ उत्पादन बढाउ आत्मनिर्भर बनौ भनी मेला आयोजना गरिएको हो । मधुवन नगरपालिका क्षेत्रमा प्रशस्त मात्रामा  पानी भएकाले पनि मकै केन्द्र (हब) बनाउन लागिएको छ । मधुवनबासी र माटोमा रमाउनेहरुका लागी कृषि मेला उपलब्धिमुलक भएको छ मधुवनका उद्यमी गोपाल सिग्देलले बताउनु भयो । मेला मार्फत स्थानीय उत्पादन प्रचारप्रसार गरिएको छ । कृषि मेला नेपाल बीउ तथा मल परियोजना (एनसाफ) सिमितको आयोजना, मधुवन नगरपालिका बर्दियाको सहकार्य तथा अमेरिकी सहयोग नियोग यूएसएआईडीको आर्थिक सहयोगमा गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments