• ५ असार २०८१, मङ्गलवार
  • २६ °C काठमाडौं
भेला मार्फत योजना तर्जुमागर्दै गुलरिया वडा नम्बर ६

चुरेकुञ्ज, २० जेठ, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ ले वडा भेला मार्फत योजना तर्जुमा गरेको छ । सकारात्मक विकासको लागि सहभागितात्मक योजना तर्जुमा भन्ने नारासहित वडाले वडाका टोल विकास संस्थाहरु मार्फत योजना संकलन गरेको छ ।

टोल विकास संस्थाहरुको वैठकले छनौट गरेका अत्यावस्यक योजनाहरु प्राथमिकिकरण गरेर वडाले आफ्नो योजनामा राख्ने गुलरिया नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शुधांसु प्रकाश शर्माले बताउनु भयो । वडाले बनाउने योजनाहरु भौतिक पूर्वाधार, सामाजिक एवम् आर्थिक विकासमा केन्द्रित रहने उहाँको भनाई छ । टोलहरुबाट ढल मर्मत, सरसफाई, उद्यमशीलता, शिक्षा, स्वास्थ्य एवम् खानेपानी सहितका योजनाहरु वडामा आएका छन् ।

उहाँले भन्नुभयो टोलबाट आएका योजनाहरु क्रमशः प्राथमिकतामा पर्छन् । वडा भेलामा वोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले टोलहरुबाट वडावासीहरुले ठूलो आशा र भरोसामा ल्याएका योजनाहरु वडाको प्राथमिकतामा पारिनु पर्ने बताउनु भएको छ । वडावासीको करौडौको योजना आएको तर वडाले योजना अनुसारको बजेट ब्यवस्थापन गर्न सक्नेमा अध्यक्ष आचार्यले आशंका गर्नुभयो । सबै वडावासीहरु एक भएर टोलको विकासमा लाग्नुपर्ने उहाँको सुझाव छ ।

वडा भेलामा वडाका जिज्ञासाहरुको जवाफ दिंदै खानेपानी उपभोक्ता समिति गुलरियाका अध्यक्ष मिनराज शर्माले नगरमा पानीको समस्या हल गर्न आफू लागि परेको वताउनु भएको छ । बजेट अभावका कारण समितिमा थुप्रै कठिनाई रहेको बताउँदै टोल टोलमा पानी नआउने समस्या वडाको सहकार्यमा समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुले आफ्ना योजना प्रस्तुतगर्दै वडाध्यक्षलाई निर्णयसहितको योजना माग निवेदन वुझाएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments