• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
राजापुरमा बाढीपूर्व कृतिम घटना अभ्यास

केशव कोईराला, २३ जेठ, राजापुर (बर्दिया) । विश्व वातावरण दिवसको अवसर पारेर बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ । राजापुर नगरपालिका १, ३, ४, ७, ९ र १० नम्वर वडाका बिभिन्न स्थानमा घटना अभ्यास गरिएको हो ।  

यस क्षेत्रमा कार्यरत संघ सँस्था भेरी वातावरणीय बिशिष्टता समुह (बिग्रुप), कमैया महिला जागरण समाज नेपाल र रेडक्रसले संयुक्त रुपमा अभ्यास गराएका हुन् । बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने सामग्री, जोखिम समुह उम्मेरका व्यक्तीहरु र उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बाढी कृत्रिम घटना अभ्यास गराइएको बिग्रुरुपका परियोजना अधिकृत जनकराम चौधरीले जानकारी दिनुभयो ।

अभ्यासमा कर्णाली नदीको जलसतहबारे समुदायलाई मोवाइल एसएमएसद्वारा जानकारी दिनुका साथै, साइरन बजाउने, सुरक्षित भवनमा लैजान सघाउने, अन्नवाली, पशुवस्तु सुरक्षीत स्थानमा सार्ने, तत्कालका लागी सुख्खा खानेकुराको व्यवस्थापन गर्ने लगायतको अभ्यास गरिएको थियो । 

घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार टोलीले प्राथमिक उपचार सेवा प्रदान गरी नजिकको अस्पतालमा पठाउने कार्य समेत गरिएको थियो । कृत्रिम घटना अभ्यासमा स्थानिय बिपद समितीका पदाधीकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, संघ सँस्थाका पदाधिकारी एवं सरोकारवाला निकायहरु सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments