• ५ असार २०८१, मङ्गलवार
  • २४ °C काठमाडौं
मनसुनसँगै आउने जोखिम न्यूनिकरण गर्न बिपद अभ्यास

विष्णु अधिकारी, २४ जेठ, बर्दिया । बर्दिया जिल्ला बाढी तथा डुबान प्रभावितको उच्च जोखिममा रहेको छ । मनसुन सुरुवातसँगै नदी तटिय क्षेत्रमा बसोबास गर्ने नागरिकहरु त्रासदीपुर्ण चिन्तामा जुधिरहेका छन् ।    

बर्षातको समयमा बाढी आउने निश्चित छ, तर कुन रुपमा कसरी आउछ भन्ने गहिराई मापन गर्न नसके पनि बाढी पूर्व नागरिकलाई सुचित गर्ने र बाढी पछि कसरी उद्धार गर्ने भन्ने विषयमा बिपद ब्यवस्थापन समिति बर्दियाको आयोजनामा गुलरियामा रहेको भादा नदीमा सुरक्षाकर्मीहरुको संयुक्त टोलीले पूर्व अभ्यास गरेको छ । स्थानीय श्रोत साधनको प्रयोग गरि विपदमा कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि आम नागरिकलाई जानकारी दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मनसुन सुरु हुन लागेको समयमा विपदबाट हुने धनजनको क्षतीलाई न्यूनिकरण गर्नका लागि घटनापूर्व अभ्यास सुरु गरिएको बताउनु भयो । 

नेपाली सेना श्री बज्रदलगण गुलरिया बर्दियाको पहलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको टिमले बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास मनसुन–४ सम्पुर्ण टिमले कुशल कौशलता प्रदर्शन गरेकोमा प्रमुख जिल्ला अधिकारी शर्माले प्रशंसा गर्नु भयो । विपद आइसकेपछि गर्नुपर्ने उद्दार तथा पुर्व तयारीका कामले धनजनको क्षति न्यूनीकरण गर्नुका साथै घटना अभ्यासले विपदमा कामगर्ने टोलीको क्षमता विकास र सिप प्रर्दशनले काम गर्न सहज हुने शर्माले बताउनु भयो । बाढीको समस्यामा परेका नागरिकहरुलाई उद्धार पछि सुरक्षित स्थानमा राख्ने, विरामीहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टिम खडागरि एकद्धार प्रणालीबाट राहत वितरण गर्ने गरि विपद व्यवस्थापन समितिले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी शर्माले घटना अभ्यास कार्यक्रममा जानकारी दिनु भएको छ ।

गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले २०७१ को बाढीले धेरै जनधनको क्षति भएका कारण बाढीबाट जनधनको क्षति न्युनिकरणका लागि पूर्व सिचाई मन्त्री संजय गौतमको पहलमा तटबन्धले सुरक्षित गरेको बताउनु भयो । प्रमुख यादवले बाढी पुर्व तयारीका लागि सुरक्षाकर्मीहरुले पुर्व अभ्यास गरि आउने दिनमा हुने क्षति न्यूनिकरणका लागि सहजता भई धनजनको क्षति कम गर्न सहज हुने यादवले बताउनु भएको छ । अभ्यास मनसुन–४ बर्दिया विपद् व्यवस्थापन समिति बर्दियाको नेतृत्वमा गुलरिया नगरपालिकाको सहयोग र नेपाली सेना बज्रदल गण, नं ३१ गण शसस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटी तथा स्थानीय समन्वय समितिको संयुक्त आयोजनामा कृत्रिम घटना अभ्यास भएको हो ।

 

सम्बन्धित समाचार

Facebook Comments