• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
राजापुरमा साढे १ क्विन्टल अवैंध कुखुरा नष्ट पारियो

केशव कोईराला, २४ जेठ, राजापुर (बर्दिया) । इलाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा नष्ट गरेको छ । इप्रकाबाट खटीएको टोलीले राजापुर १० स्थीत पखैपुरको भित्री सडक खण्डमा भन्सारछली ल्याई बेवारीसे अवस्थामा राखिएको प्यारेन्ट जातको करिब ६० हजार मुल्य बराबरको अवैंध कुखुरा बरामद गरेको थियो ।

नियन्त्रणमा लिईएको कुखुरालाई इलाका प्रहरी कार्यलय परिसर भित्र खाल्डोखनी नष्ट गरेको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरिक्षक सागर बोहोराले जानकारी दिनुभयो । प्रहरी कर्मचारी नायव पशु स्वास्थ्य प्राबिधिक बिनोद थारु, पत्रकार लगायतको रोहवरमा कुखुरा नष्टगरिएको छ । 

सम्बन्धित समाचार

Facebook Comments