• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
बढैयातालमा ठूलो परिमाणमा अवैंध कुखुरा नियन्त्रण

दलबहादुर सुनार, २४ जेठ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ३ स्थित भोलागौडीबाट बाँकेको कोहलपुर तर्फ कुखुरा बोक्ने गाडीमा लैजादै गरेको अवस्थामा प्रहरीले कुखुरा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएका कुखुराहरुको बिल विजक दुरुस्त नभएको पाईएको हो । 

बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहाबाट अवैध कुखुरा कोहलपुर तर्फ विक्री वितरणको लागि लैजादै गरेको थाहा पाएपछि कुखुरा पालक संघ बढैयातालका समितिले प्रहरीलाई खबर गरेका थिए । तिन लाख भन्दा बढी मुल्यको  ७ सय १८ वटा ब्रोईलर कुखुरा भोलागौडी पेट्रोलपम्प नजिकबाट गाडी सहित कुखुरा नियन्त्रणमा परेको कुखुरा पालक संघका सदस्य नरबहादुर रावतले बताउनु भयो ।  बर्दिया जिल्ला कुखुरा पालक संघ बढैयातालका किसान दारा सिंह थारुको नेतृत्वमा खटिएको निगरानी टोलीले भे १ च ४४४२ नम्बरको भ्यानमा लोड गरि ल्याउदै गरेको अवस्थामा चेक जाँज गर्दा सप्लार्यसको नाम र भेटेरीनरीको प्रमाणमा छाप फरक भएको देखिएकोले शंकास्पद भएको भन्दै कुखुरा ब्यबसायिक संघ बढैयातालका किसानले ईलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाएको कुखुरा पालक संघ बढैयातालका अध्यक्ष रामदेब थारुले बताउनु भयो ।  

११ सय ४०  किलो ग्रामको अन्दाजी बजार मुल्य ३ लाख १९ हजार दुई सय बराबरको ब्रोइलर कुखुरा जय बाबा नमुना पोल्ट्री फर्म बढैयाताल वडा नम्बर २ फुटाहा बिक्रेता भएको र क्रेता मन कामना फ्रेस एण्ड सप्लायर्स कोहलपुर बाँके रहेको भेटेरीनरीको प्रमाण पत्रमा पार्वती पोल्ट्री फर्म बाँसगढी ३ बेलवाको छाप भएकोले अबैध रुपमा तस्करले ल्याएका कुखुरा हुन सक्ने किसानको आशंका छ । चेक जाँचको क्रममा शंकासपद देखिएका उक्त परिमाणको ब्रोईलर कुखुरा थप अनुसन्धानको लागि जिल्ला पशु क्वारेन्टाइन बर्दिया चलान गरिएकोमा नष्ट गरिएको प्रहरीले जनाएको छ  । 

किसानले  प्रहरीमा बुझाएको गाडी सहितकोे उक्त कुखुराको प्रारारम्भिक अनुसन्धान गर्दा कुखुरा फर्म तथा सप्लायर्सको छाप नभएर फरक सप्लायर्सको छाप भएको हुँदा थप अनुसन्धानको लागि जिल्ला पशु क्वारेन्टाइन कार्यालय बर्दिया पठाईएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिनुभयो । जिल्ला कुखुरा पालक संघ बर्दियाका अध्यक्ष अशोक के.सी.ले सिमा क्षेत्रवाट अबैध रुपमा भारतिय ब्रोइलर कुखुरा नेपाल भित्रने क्रम नरोकिएको भन्दै सिमा क्षेत्रमा प्रहरीको गस्ति लाई तिब्र पार्नु पर्नेमा जोड दिनु भएको छ ।  

सम्बन्धित समाचार

Facebook Comments