• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
मृतक सदस्यका परिवारलाई हिमालयन लघुवित्तको विमा रकम भुक्तानी

चुरेकुञ्ज, २५ जेठ, बर्दिया । हिमालयन लघुवित्त शाखा कार्यालय खैरापुरले गुलरिया नगरपालिका वडा नम्बर १ की मृतक सदस्य मिरा बञ्जाराको पति इन्द्रराज बञ्जारालाई वीमा वापतको दावी रकम हस्तान्तरण गरेको छ । शाखाले कर्जा बापतको वीमा अन्र्तगत चेक हस्तान्तरण गरेको हो ।

लघुवित्त शाखाका प्रमुख बिनोद पोख्रेलले समुहका सदस्य सुनिता बञ्जारा, मालती बञ्जारा लगायत शाखाका कार्यरत कर्मचारी लक्ष्मी थारु सहितको उपस्थितमा १ लाख २५ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको छ । सदस्यको कर्जा चुक्ता भैसकेको कर्जाको विमाबाट भुक्तानी लिई रकम उपलब्ध गराईएको शाखा प्रमुख पोखे्रलले जानकारी दिनुभयो । 

केन्द्रिय कार्यालय काठमांडौमा रहेको हिमालयन लघुवित्तले देशका विभिन्न ठाउँमा ७५ वटा शाखा कार्यालयबाट बचत तथा कर्जाको सुविधा दिंदै आएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments