• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
निर्दोष पुरुषहरु जबरजस्तीकरणी मुद्धामा फसाईएकोले न्याय दिलाउनभन्दै बर्दियामा समिति गठन

मुरली गोडिया, २७ जेठ, गुलरिया (बर्दिया) । बर्दियामा निर्दोष बचाउ अभियानले समिती गठन गरेको छ । रिसिइबी तथा अन्य षडयन्त्रका लागि निर्दोष ब्यक्तिहरु जबरजस्ती करणी लगायतका मुद्धामा कारागार जीवन बिताउन बाध्य हुनु परेकोभन्दै उनीहरुका परिवारजनहरुले समिति गठन गरेका हुन् ।  

अभियान अन्र्तगत बर्दियाको गुलरिया नगरपालिका स्थित वसपार्क नजिकैको आँप बगैचामा आईतबार बसेको भेलाले समितिको अध्यक्षमा जयबेला भेरीकार, उपाध्यक्ष ललिता खडका, सचीव गोमा आचार्य, सहसचिव दिपारानी थारु, कोषाध्यक्ष सुनिता परियार सहित ११ सदस्यीय समिती गठन गरिएको बताईएको छ । 

निर्दोषहरु बिभिन्न मुद्धामा कारागार जीवन भोग्नु परेको परिवारका सदस्यहरुको गुनासो छ । विशेष गरि जबर्जस्ती कारणी मुद्धामा निर्दोष ब्यक्ति समेत जेल जिवन बिताउन बाध्य हुनु परेको भन्दै कानुन शंसोधन तथा उनीहरुको न्यायका लागि अभियानले भुमिका खेल्ने अध्यक्ष जयभेला भेरीकारले बताउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments