• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
कैलालीको भजनीमा अवस्थित जनता पुस्तकालमा निःशुल्क कम्प्युटर सिकाई

रुनिष्मा जोशी, २८ जेठ, कैलाली । कैलालीको भजनी नगरपालिका–१ भजनीमा रहेको जनता सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले निःशुल्क रुपमा कम्प्युटर सिक्ने ब्यबस्था मिलाएको छ । न्यून आय भएका तथा शुल्क तिरेर अध्ययन गर्न नसक्ने बर्गहरु सहजै अध्ययन गर्नसकुन भन्ने उदेश्यले यस्तो ब्यबस्था मिलाइएको हो । 

पुस्तकालयमा अहिले लोकसेवा तयारी गरिरहेका २२ जनाले नियमित कम्प्युटर अभ्यास गरिरहेको पुस्तकालयका अध्यक्ष हेमेन्द्र भारद्वाजले जानकारी दिनुभयो । पुस्तकालयमा  ऐतिहासिक झल्कने विभिन्न विधाका १५ सय पुस्तक रहेको पुस्तकालयका कर्मचारी लक्ष्मी बुढा जैशीले बताउनु भयो । पुस्तकालयमा दैनिक १५/१६ जना किताब पढ्न आउने गरेको उहाँको भनाई छ । 

पुस्तकालयमा बालबालिका मनोरञ्जन एवम खेल कक्ष, कम्प्युटर कक्ष, अध्ययन कक्ष गरी ३ वटा कक्ष छ्न । पुस्तकालयलाई आवस्यक पर्ने पुस्तकहरु भजनी नगरपालिकाले उपलब्ध गराउदै आएको छ भने सामाजिक बिकास मन्त्रालयले समेत अनुदान दिदै आएको छ । पुस्तकालयलाई विभिन्न दातृ निकायले समेत अनुदान सहयोगगर्दै आएका छन् । पुस्तकालय २०१५ सालमा स्थापना भएको हो । प्रशिक्षार्थी पत्रकार ...

सम्बन्धित समाचार

Facebook Comments