• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
सिमान्तकृत समुदायका बालवालिकाको सहयोगमा खटिन्छु : लुम्विनी प्रदेश सांसद शुशिला वादी 

पुरुषोत्तम खनाल, २८ जेठ, बर्दिया । गरिब तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा आफूलाई आनन्द हुने भन्दै यस्ता समुदायको आर्थिक, सामाजिक स्तर विकासका लागि सधैभरी खटिने बाँकेकी प्रदेश सांसद शुशिला बादीले वताउनु भएको छ । बर्दियाको राजापुर नगरपालिकामा सामाजिक डिभिजन कार्यालयद्वारा वादी समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी हुन आउनु भएकी प्रदेश सांसद बादीले आवश्यकता भएका व्यक्तिलाई सहयोग गरे सामानको सदुपयोग समेत हुने धारणा राख्नु भयो ।  

राजापुरमा बाल विकास कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने २६ जनालाई झोला कापी कलम, ज्यामिट्रेक बक्स लगायत करिब ४ हजार बराबरको सामग्री वितरण गरिएको छ । प्रदेश सासंद विकास कोषको ६ लाखबाट भौरा क्षेत्रको अमर शहीद श्री दशरथ चन्द मा वि राजापुर र गेरुवा गाउापालिकाको श्री सरस्वती आधारभूत विद्यालय जोधिपुरमा अध्ययनरत वादी समुदायका बालबालिकाहरुलाई आज एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको हो । 

प्रदेश डिभिजन कार्यालयले बर्दिया र बाँके जिल्लाको सामुदायिक विद्यालयमा अध्ययन गर्ने बादी समुदायका विद्यार्थीहरुबाट निवेदन माग गरे पनि थोरै मात्र निवेदन परेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्राविधिक सहायक खुशीराम चौधरी वताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, अभिभावकहरु, कमिट नेपालको सहजकर्ता सिर्जना नेपाली, सामाजिक परिचालक प्रशान्त नेपाली लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments