• ५ असार २०८१, मङ्गलवार
  • २७ °C काठमाडौं
बालसंरक्षणको लागि बाल अधिकार समितीको क्षमता अभिबृद्धि कार्यशाला 

मुरली गोडिया, २९ जेठ, गुलरिया (बर्दिया) । बर्दियामा बाल संरक्षण सम्बन्धि विशेष कार्यशाला गोष्ठि गरिएको छ । आपतकालिन अवस्थामा बाल संरक्षण सम्बन्धि स्थानिय बाल अधिकार समितीको क्षमता अभिबृद्धि गर्न कार्यशाला गरिएको हो । 

बाल संरक्षण सम्बन्धी विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी प्रावधानका विषयमा जानकारी गराउनु, बालबालिका माथि हुने दूब्र्यवहार तथा शोषण सम्बन्धमा जानकारी हासिल भई यसको न्यूनिकरण सम्बन्धि उपायहरु खोजी गर्ने, सरोकारवालाको भूमिका र दायित्वको सम्बन्धमा सक्षमता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यशालाको आयोजना गरिएको थियो । प्लान इन्टरनेशनल नेपाल र विगु्रपको साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बाल संरक्षण समितीका पदाधिकारी तथा स्थानिय जनप्रतिनीहरुलाई बाल संरक्षणका सवालमा प्रशिक्षण गराइएको थियो । 

विपदको समयमा बाल संरक्षण बारे साझा अवधारणा विकास गर्नु, बालअधिकार, बालअधिकार सम्बन्धी विद्यमान कानूनी ब्यवस्था सहभागीहरु बालअधिकार, महासन्धि, ऐन, निती, नियम, कार्यक्रम र संरचनाबारेमा जानकार हुने अपेक्षा गरेको आयोजक संस्था विगु्रप बर्दियाका अध्यक्ष टेक बहादुर पुनले बताउनु भयो । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले बालबालिकाका संरक्षण तथा उनिहरुको विकासका लागी मधुवन सरकारले विशेष कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । 

मधुवन १ मा अवस्थित एक विद्यालयमा जोखिममा परेका तथा असहाय बालबालिकाहरुलाई आवाशिय सहित पठनपाठन मधुवन सरकारले गराइएको समेत बताउनु भयो । स्थानिय तहमा बालसंरक्षण सम्बन्धी संयन्त्रहरु र सरोकारवाला निकायहरु, बाल संरक्षण समितिका काम कर्तब्य र अधिकारहरु, घटना व्यवस्थापन, उद्धार र सर्वोत्तम हितबारे २ दिन सम्म अधिवक्ता लक्ष्मि नेपालले प्रशिक्षण दिनु भएको बिग्रुपका टेक्निकल कोडीनेटर लक्ष्मी प्रसाद शर्माले जानकारी गराउनु भयो । 

२ दिन सम्म गुलरियमा संचालन भएको कार्यशाला गोष्ठिमा स्थानिय जनप्रतिधिी, बाल संरक्षण समितीका पदाधिकारी, बालबालिका संग सम्बन्धित सरोकारवाला निकायको सहभागीता रहेको थियो । विपदका बेला विशेष गरि बालबालिकाहरु नै जोखिममा पर्ने भएको हुँदा यस कार्यशालाले विपद्का बेला बालबालिका संरक्षण गर्नुपर्ने विभिन्न उपाय तथा योजना निर्माणमा निकै सहयोग पुग्ने मधुवन नगरापालिका महिला विकाश शाखा प्रमुख इन्द्र चुनाराले अनुभव सुनाउनु भयो । बालबालिकाको क्षेत्रमा लगानी बृद्धि गरि विपद्को बेला बालबालिकाहरुलाई विशेष ख्याल राख्नुपर्ने धारण राख्नु भयो ।

सम्बन्धित समाचार

Facebook Comments