• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
बेलको जूसबाट आम्दानीगर्दै बन संरक्षण सहकारी

सुशीला वि.क., २९ जेठ, कैलाली । कैलालीको भजनी नगरपालिका १ मा रहेको बन संरक्षण बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडले संचालन गरेको बेलको जुस उद्योगले बार्षिक १० लाख बढी आम्दानीगर्दै आएको छ । बजारको माग बढेको खण्डमा सो भन्दा बढी आम्दानी गर्न सकिने सँस्थाका अध्यक्ष देबिराम जैशीले बताउनु भयो । 

सामुदायिक बनमा प्रसस्तै बेल पाइने भएकाले बेल ल्याएर सफागरी उमालेर मेसिन मार्फत जुस तयार गर्ने गरेको अध्यक्षले जानकारी दिनुभयो । सिजनमा बेल टिप्न दैनिक जसो ६–७ जना ज्यालादारीले रोजगार पाइरहेका छन् । बेल जुस अहिले यहाँका स्थानीय बजार सङ्गै धनगढी, नेपालगन्जका बजारहरुमा बिक्रि भइरहेको सँस्थाका पदाधिकारी नबराज जैसिले बताउनु भयो । उहाँले भन्नुभयो अघिल्लो बर्षको तुलनामा यस बर्ष माग घटेको छ । माग बढेमा भ्याइनभ्याई  हुन्छ । प्राकृतिक र विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुने भएकाले बेलको जुसको प्रयोग गर्ने गरिन्छ । 

बेल जुस उत्पादनको मितिले १ बर्ष  सम्म प्रयोग गर्न मिल्ने भएकाले अभाव नहुने जैसिले बताउनु भयो । कैलाली जिल्लामा रहेको बेलजुस लाई ब्यबस्थित गर्न भण्डारण, तथा स्वचालित उपकरण आवस्यकता रहेको जैशिले बताउनुभयो । विभिन्न समयमा मन्त्री सांसद आएर अनुगमन गरेपनी हालसम्म कसैले केही सहयोग नगरेको जैशीको दुखेसो छ । बेलजुसको निकै महत्व रहेको प्रयोगकर्ता बताउदछ्न् । बेलको जुस पाचन शक्ति बढाउन, मधुमेह, मुटुरोग, झाडापखाला, ग्यास्टिक, रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै गर्मीमा सितलता प्रदान गर्ने गर्दछ । प्रशिक्षार्थी पत्रकार ...

सम्बन्धित समाचार

Facebook Comments