• ५ साउन २०८१, शनिवार
  • २८ °C काठमाडौं
राजापुरमा विपद पोर्टल तथा तथ्यांक ब्यवस्थापन अभिमुखीकरण

केशव कोईराला, ३२ जेठ, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा विपद पोर्टल तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका र युनिक नेपालको साझेदारी तथा ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोगमा सन्चालित सुरक्षित आवास परियोजना अन्तर्गत शुक्रवार अभिमुखीकरण गरिएको हो । 

विपद पोर्टलमा तथ्याङ्क व्यवस्थापन, तथ्याङ्कको प्रयोग तथा अभिलेखिकरण प्रक्रियामा पुनर्ताजगी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र, स्थानीय विपद् व्यवस्थापन समिति, समुदाय स्तरिय विपद् व्यवस्थापन समिति र रेडक्रसका प्रतिनिधीहरु, दुईवटै पालिकाका विपद् सम्पर्क व्यक्तिहरु तथा तयार नेपालका प्रतिनिधिको सहभागिता थियो । 

कार्यक्रमको सहजिकरण ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका प्राविधिक संयोजक लक्ष्मी प्रसाद भट्ट र सुचना व्यवस्थापन अधिकृत सविन श्रेष्ठले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments