• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
मधुवनका धार्मिक अगुवाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य तालीम 

हरि गुरुङ, १ असार, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकामा रहेका सामाजिक अगुवाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि एकदिने तालिम दिईएको छ । बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बाँकेको साझेदारी तथा मधुवन नगरपालिकाको सहकार्यमा तालीम संचालन गरिएको हो । 

बढ्दै गईरहेको बालविवाहलाई न्यूनीकरण गर्नका लागी समाजमा अगुवाई गर्ने विभिन्न समुदायका धर्मगुरुहरुलाई आ–आफ्नो ठाउँबाट बालविवाह न्यूनीकरणका लागी खेल्नु पर्ने भुमिकाका बारेमा तालिम दिईएको बालविवाह न्यूनीकरण परियोजनाका फिल्ड सुपरभाइजर गंगा गुरुङ्गले बताउनु भएको छ । भेरी वातावरणीय विशिष्टता समूह बाँकेले प्रत्येक वर्ष मधुवन नगरपालिकामा लिदै आएको तथ्यांक अनुसार  गत वर्ष ३३ प्रतिशत रहेको बालविवाह यस वर्ष बढेर ३७ प्रतिशत पुगेको छ । 

गतबर्षको तुलनामा मधुवनमा बालविवाह ४ प्रतिशतले बृद्धि भएको देखिन्छ । बालविवाहका कारण किशोर किशोरीहरुमा पर्ने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि असरबारे सहभागीहरुलाई जानकारी गराइएको थियो । प्रशिक्षक स्वास्थ्य शाखा प्रमुख गिता घिमिरेले सहभागीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि असरबारे जानकारी गराउनु भएको छ । शुक्रवार आयोजित कार्यक्रममा पुरोहित, बरघर, गुरुवा, पास्टर, स्वयंसेविका, मौलाना र समाजसेवी लगायत २८ जनाको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments