• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
ज्येष्ठ नागरिक संघ राजापुरद्वारा चेतना दिवस मनाइयो 

केशव कोईराला, २ असार, राजापुर (बर्दिया) । जुन १५ का दिन शनिवार राजापुरमा १९ औँ ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइएको छ । दिवस मार्फत सङ्कटको समयमा ज्येष्ठ नागरिकलाई संरक्षण र समर्थन महत्वपूर्ण आवश्यकता रहने कुरालाई जोड दिइएको छ । 

जेष्ठ नागरिक माथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि हरेक वर्ष जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । नेपालले यो दिवस सन् २०१२ देखि मनाउन शुरु गरेको थियो । दिवसको अवसरमा बर्दियाको राजापुरमा रहेको जेष्ठ नागरिक संघले एक कार्यक्रमको आयोजना गरेको छ । 

संघका अध्यक्ष जीवराज रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएसपी सागर बोहोराले जेष्ठ नागरिक प्रति दुव्र्यवहार भएको भए प्रहरी सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो । परिवार, समाज वा कुनै ठाँउवाट अपहेलना भएको महसुश भए प्रहरीलाई खवर गर्न जेष्ठ नागरिकहरुलाई उहाँको आग्रह छ । उहाँको भनाई प्रति जेष्ठ नागरिकहरुले खुलेर प्रसंशा गर्दै धन्यवाद दिए । जेष्ठ नागरिक संघ सभाहल धोबिनपुरमा आयोजित कार्यक्रममा ५० जना भन्दा बढी जेष्ठ नागरिक सहभागी थिए । कार्यक्रमको संचालन संघका सचिव प्रजापति न्यौपानेले गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments