• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
श्रमीकको श्रम अधिकार रक्षार्थ बाँसगढीमा छलफल

विन्दु चौधरी, २ असार, बाँसगढी (बर्दिया) स्थानिय अधिकार कार्यक्रम अन्र्तगत बाँसगढीमा श्रम अधिकार सम्बन्धि श्रमिक महिलाको सवालमा छलफल गरिएको छ । श्रमिकको अधिकारको सम्बन्धमा ब्यवस्था भएका राष्ट्रिय र अन्तराष्ट्रिय कानुनहरुको कार्यान्वयनमा जोड दिन, नेपाल सरकारले लागु गरेको न्यूनतम पाश्रिमिकको ब्यवस्था र सामाजिक सूरक्षा कोषमा सबै क्षेत्रलाई आवद्ध गराउन सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण एंवम श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्ने गराउने सवालमा आवाज उठाउन र नेपाल टे«ड यूनियन महाँसघ (जिफन्ट) मा आवद्ध हुन श्रमिकहरुलाई जानकारी दिने उदेश्यले  श्रम अधिकार सम्बन्धि श्रमिक महिलाको सवालमा छलफल गरिएको हो । 

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको आयोजना, जिफन्ट र एक्सनएड नेपालको सम्वन्वयमा विभिन्न क्षेत्रमा आवद्ध श्रमिक मजदुरहरुसंग छलफल गरिएको थियो । छलफल कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाका कार्यक्रम संयोजक जीतराम थारुले नेपालको संविधानले राज्यका निर्देशक सिद्धान्त तथा नितीहरु अन्तरर्गत श्रमिकको विषयमा अवलम्बन गरेका तिनी, श्रम ऐन, नियमावली लगाएतका श्रमको सम्मान, समान कामका लागि समान ज्याला, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, महिला श्रमिकलाई प्रसुति विदा, सुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षासम्बन्धी ब्यवस्था, टे«ड युनियन खोल्न पाउने र सामुहिक सौदावाजी गर्न पाउने लगाएतका अधिकारको ब्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्ष बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

श्रम अधिकार सम्बन्धि कार्यक्रममा हसिना थारुको संयोजकत्वमा निर्माण क्षेत्रमा दैनिक ज्यालादारी काम गर्ने  महिला श्रमिक संगठन समेत गठन गरिएको छ । जसको उपसंयोजकमा शुकनी थारु र सुविता थारु रहेका छनभने अन्य २५ जना सदस्य रहेका छन् । छलफलबाट ४ बुदे कार्ययोजना समेत निर्माण गरेको छ । कार्ययोजनामा श्रम अधिकार सम्बन्धि तालिम, श्रम सम्बन्धि अधिकारका लागि नगरपालिकामा ज्ञापन पत्र बुझाउने, मजदुरहरुको तथ्यांक ब्यवस्थापन र अनुगमन समितीमा सहभागिता जनाउने आफ्नो कार्ययोजनामा राखेको छ । कार्यक्रम आरकेजेएसका कार्यक्रम संयोजक जीतराम थारु, स्थानिय अधिकार परियोजनाका कार्यक्रम अधिकृत जयराम चौधरी, जिफन्ट लुम्विनी प्रदेश महासंघ तथा बर्दिया इन्चार्ज दुर्गा केसि, टे«ड युनियन महाँसंघ जिफन्टमा आवद्ध नेवा केन्द्रिय कमिटी सदस्य विमला परियार लगाएत दैनिक ज्यालादारी काम गर्ने महिला श्रमिकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments