• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
मर्जरको बिषयमा देशैभरका लघुवित्त शाखा प्रमुखहरुको आन्दोलन 

केशव कोईराला, २ असार, राजापुर (बर्दिया) । मर्जरको बिषयलाई लिएर सबैको लघुवित्त बित्तिय संस्थाका देशभरका शाखा प्रमुखहरु एकै पटक आन्दोलनमा उत्रिएका छन् । साधनासंगको मर्जरको बिषयमा अन्याय भएकाले हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रनु परेको उनीहरुले जनाएका छन् । मर्जरको सम्झौता अर्थात एमओयु मा उल्लेख सहमतिका बुँदा भन्दा फरक तरिकाले नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाले आफुहरु आन्दोलनमा उत्रनु परेको आन्दोलनमा उत्रिएका एक शाखा प्रमुखले बताउनुभयो । 

उहाँका अनुसार मर्जर पश्चात सबैको साधना लघुवित्त हुनेगरी मर्जर सम्झौता भएपनि राष्ट्र बैकले अन्तिम स्वीकृति दिँदा साधना लघुवित्त मात्र नाम रहनेगरी स्वीकृति दिएको छ । यसले सबैको लघुवित्तको नाम मात्र अस्तित्वमा नरहने नभई सबैको लघुवित्तका कर्मचारीमाथि भोलिका दिनमा अन्याय हुने भएकाले अहिले नै त्यो परिस्तिथि आउँन नदिनलाई आन्दोलन गरिएको हो । मर्जरको सुरुवाती सहमति भन्दा फरक तरिकाले अन्तिम स्वीकृति दिनुले नै आफुहरुमाथि गम्भीर विभेद र अन्याय भएकाले अहिलेको यो रवैयालाई स्विकार्न नसक्ने सबैको लघुवित्तका कर्मचारीको भनाई छ । 

हालै मात्र नेरुड़े र मिर्मिरे लघुवित्तलाई मर्जर पश्चात नेरुड़े मिर्मिरे लघुवित्तको नाम दिएको राष्ट्र बैकले आफुहरुलाई सबैको साधना लघुवित्त नाम नदिएको प्रति पनि आन्दोलित कर्मचारीको असन्तुष्टि रहेको छ । आन्दोलनमा उत्रिएका एक शाखा प्रमुखले भन्न्भयो “हामि मर्जरका बिरोधि होइनौं तर हाम्रो अस्तित्व मेटिन दिन्नौ । मर्जर पश्चात बन्ने संस्थाको नाम सबैको साधना लघुवित्तु हुने र मर्जर पश्चात बन्ने संस्थामा अध्यक्ष साधनाबाट हुने तथा प्रमुख कार्यकारी अधिकृत सबैको बाट हुनेगरि मर्जरको सुरुवाती सहमति भएको बताइन्छ । तर मर्जर पश्चात साधना लघुवित्त मात्र नाम रहनेगरी नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । 

साधना लघुवित्त मात्र नाम रहनेगरि अन्तिम स्वीकृति पाएको खुसियालीमा साधना लघुवित्तका अहिलेका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले केक काटेर  हर्ष बढाई गरेपछि सबैको लघुवित्तका कर्मचारीहरु शसंकित र आक्रोशित बनेका छन । शाखाका ९० वटै शाखाका शाखा प्रमुख तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छ्न भने नियमनकारी निकाय नेपाल राष्ट्र बैंक संग हामी माथी अन्याय नगर्न अनुरोध पनि गरेका छन । सस्थाको विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुले बिज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम नियमित राख्ने प्रथम चरणमा हातमा कालो पट्टी बाधेर बिरोध गर्ने र दोस्रो चरणमा पेन डाउन गर्ने र त्यसको पनि बेबास्ता गरिए शाखामा तालाबन्दी गरि आन्दोलनमा उत्रिने जनाएका छ्न ।

सम्बन्धित समाचार

Facebook Comments