• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
सरकारले समयमा मल उपलब्ध नगर्दा कृषक पिडामा 

विष्णु अधिकारी, १३ असार, बर्दिया । नेपाल कृषि प्रधान देश भन्ने कुरा नारामा मात्र सिमित रहेको भन्दै किसानहरुले रोष प्रकट गरेका छन् । सरकारले यस बर्षलाई कृषि बर्ष घोषणा गरेको छ । तर किसानहरुलाई न त मल पाउन सहज छ, न विउ नै । सिचाई सुविधाको कुरा त आकाशको फल भएको छ, । सरकार प्रतिको आशा धमिलो हुदै गएको किसानहरुले दुःखेसो गरे । 

असार १५ धान रोपाई गरेर दिवस मनाउने पूर्व सन्ध्यामा किसानहरु मल नपाएर वडा कार्यालयहरुको पत्र लिएर बोर्डरमा मल ल्याउन दिनुस भनि याचना गरिरहेका छन् । नेपालतर्फ बोर्डरमा मल लिन आएका किसानहरुले हामी खेती किसानी गर्ने मान्छेलाई राज्यबाट दिनुपर्ने सेवा सुविधा दिनु त एकादेशको कथा जस्तै भएको बताए । हामीलाई आफ्नै पौरख खियाएर खेती किसानी गर्ने वातावरण नभएपछि आफ्ना सन्ततीहरुको कृषि पेशा प्रति वितृष्णा जागेर रोजगारका लागि बाहिर मुलुक भौतारिन परेको भन्दै गहभरी  आशु पुछ्दै किसानहरुले दुखेसो पोखे । 

मानो रोपेर मुरी उब्जाउने समयमासरकारले प्रर्याप्त रुपमा मल उपलब्ध गराएको भए हाम्रो माटोलाई खराब गर्ने मल बोर्डरमा आएर विभिन्न हन्डर खाने हाम्रो रहर नभएर बाध्यता रहेको किसानहरुले बताएका छन् । बारबर्दिया नगरपालिका वडा नं. ३ वडा कार्यालयबाट २०८१ असार १२ गते मलका लागि सहजीकरण गरिदिन सिफारिस गरिएको पत्रमा बर्षौ देखि कृषि पेशा गरि आएको हाल कृषि खेती गर्न डिएपी मल २ बोरा अति आवश्यक भएको भनी पत्रको व्यहोरामा उल्लेख छ । पत्रमा नेपालमा मल उपलब्ध नभएकाले सो मल भारतबाट ल्याउनका लागि सहजीकरण गरिदिन बारबर्दिया नगरपालिका वडा नं. ३ का अध्यक्ष नन्दलाल थारु द्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 

वडाको पत्र लिएर गुलरिया नगरपालिका वडा नं. ३ कट्टी बोर्डरमा टोलाइरहेका जगत राम थारुले राज्यले सहज रुपमा मल उपलब्ध गराउन असक्षम देखिएकाले सहकारीबाट मल नपाएपछि आफुहरु मलका लागि बिहान ५ बजे मल लिन घरबाट हिडेको बताए । उनले नेताहरुले चुनाबको बेलामा ठुला ठुला आश्वासन दिने गर्छन तर कृषि प्रदान देशमा एउटा मल कारखाना छैन, अब हामी झुटो आश्वासनमा फस्दैनौं मन्दै आक्रोष पोखे । 

अर्का मल लिन आएका राम बहादुर थारुले रोपाई गर्ने बेलाम मल नपाएर समस्या भएपछि भारत तर्फ मल लिन आएको बताए । उनले बोर्डरमा बिहान ६ बजे देखि आएर बसेको र नेपाल तर्फका सुरक्षाकर्मीलाई मल ल्याउन सहजीकरण गरिदिन आग्रह गरेको बताएका छन् । थारुले सरकारले यस बर्ष झन कृषि बर्ष घोषण गरेकोले मल समयमा पाइनेमा ढुक्क थियौं, तर कुनै योजना बिना हतारमा कृषि बर्ष घोषणा गरेर किसानलाई झन पिडा दिएको बताए । 

सम्बन्धित समाचार

Facebook Comments