• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
शैक्षिक क्षेत्र सुधारको मागगर्दै अखिल (समाजवादी) बर्दियाको १८ बुँदे मागपत्र 

चुरेकुञ्ज, १४ असार, बर्दिया । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी ) बर्दियाले शैक्षिकक्षेत्र सुधारको मागगर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बर्दिया, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । बुधवार समन्वय इकाई प्रमुख सुर्य खत्री, गुलरिया नगरप्रमुख मुक्तिनाथ यादव र बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीलाई १८ बुँदे माग पत्र बुझाएको छ । 

संगठनका बाँके बर्दिया इन्चार्ज हरि सीले मागपत्र बुझाउँदै सचेत जनताले देशको रक्षा गर्ने भएकाले जनतालाई सचेत पार्न नेपालमा जनतालाई दिईने शिक्षा स्वतन्त्र र निःशुल्क हुन जरुरी रहेको बताउनु भयो । जनता सचेत भए मात्र कसैले ठग्न नसक्ने बताउँदै ठगीबाट बच्न जनतालाई शिक्षित र सचेत बनाउन जरुरी रहेको धारणा राख्नु भयो । माग यथाशिघ्र सम्बोधन गर्न जोडदिदै आफूहरुको माग पुरा नभए कडा संघर्ष गर्न संगठन बाध्य हुने संगठनका बर्दिया जिल्ला इन्चार्ज हरि सी र जिल्ला संयोजक कोपिला सीले हस्ताक्षर गरेको मागपत्रमा छ ।

माग पत्र बुझ्दै इकाई प्रमुख खत्रीले शिक्षा क्षेत्रमा देखा परेका समस्याहरुको उठाउन सहित  समाधानको विकल्प उल्लेख गरेर राखेको माग सकारात्मक रहेको बताउनु भयो । यसलाइ कार्यान्वय गर्ने प्रतिबद्धतागर्दै शैक्षिक क्षेत्रको खोजमुलक रचनात्मक शान्तिपूर्ण तरिकाबाट माग राखेकोमा संगठन प्रति खुशी ब्यक्तगर्नु भयो । मागपत्र बुझाउने कार्यक्रममा संगठनका जिल्ला समितिका पदाधिकारी सदस्यहरु सहभागी थिए । पछिल्लो समय संगठनले देशभरि शैक्षिक क्षेत्र सुधारको लागि ४ महिने शैक्षिक क्षेत्र सुधार अभियान सहित संगठनिक गतिविधिगर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments