• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
मधुवनमा पशु बाँझोपनको निवारणगर्दै पशुशाखा 

हरि गुरुङ, १७ असार, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका क्षेत्रभित्र रहेको पशुपालक किसानलाई डोर टु डोर कार्यक्रम अन्तर्गत दुई दिने पशु बाँझोपन निवारण सेवा संचालन गरिएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाको आयोजना, प्रदेश भेटेनरी कार्यालय बाँकेको प्राविधिक सहयोग र मधुवन नगरपालिका पशुसेवा शाखाको समन्वयमा सेवा संचालन गरिएको हो ।

मधुवन नगरपालिकाका २९ जना किसानको ५० वटा पशु बाँझोपनको सुची प्राप्त भएकोले डोर टु डोर सेवा दिदै आएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनु भएको छ । यो सेवा अन्य किसानले पनि लिन सक्ने बताउँदै प्रमुख ढकालले बाँझोपनलाई निवारण गरि पुनः पशुलाई उत्पादनशिल बनाउन विभिन्न औषधि मार्फत उपचार गरेर प्रजनन योग्य बनाई बच्चा जन्माउन सक्ने क्षमता विकास गर्ने उद्देश्य रहेको उहाँको भनाई छ ।

डोर टु डोर कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद जन्मजय तिमिल्सिनाले पशु बाँझोपन निवारण सेवा लुम्बिनी प्रदेश सरकारको बजेट ब्यवस्थापनबाट पशुपंक्षीपालक किसानहरुलाई प्राथमिकतामा राखेर विनियोजन गरिएको बताउनु भयो । किसानलाई प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम राखेको बताउँदै प्रदेश सरकार जनतासङ्ग साथमा रहेको आभास दिलाउन डोर टु डोर कार्यक्रम गरिएको उहाँको भनाई छ । पशु बाँझोपन निवारण सेवामा डोर टु डोर कार्यक्रममा डाक्टर र विज्ञ टोलिहरुले किसानहरुलाई सेवा दिएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments