• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
राजापुरको मझरामा बाढी प्रतिकार्य सम्बन्धी सचेतना

चुरेकुञ्ज, १९ असार, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० स्थित मझरामा प्राकृतिक प्रकोप सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । खैरीचन्दनपुर प्रहरी चौकीको आयोजनामा कार्यक्रम गरिएको हो ।

प्रहरी चौकी खैरिचन्दनपुरबाट गएको टोलीले बाढी प्रतिकार्य तयारी र सो बखत प्राथमिकतामा रहने समूह बारे प्रहरी सहायक निरीक्षक धर्म बहादुर बुढाक्षेत्रीले सहजीकरण गर्नुभयो । स्थानीय वडावासीहरुलाई बाढीबाट हुने डुबान र सोबाट बच्ने उपाय बारे जनचेतनामूलक अन्तरक्रिया समेत गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments