• २७ कार्तिक २०८१, मङ्गलवार
  • २२ °C काठमाडौं
‘द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको आवश्यकता सम्बोधन गर्छौ : नगरप्रमुख खड्का 

चुरेकुञ्ज, ९ असोज, बर्दिया । बाँसगढी नगरपालिकाका द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान गरी सम्बोधन गर्न कार्यपालिकाबाट नितिगत निर्णय गरी अघि बढ्ने बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्काले बताउनु भएको छ । द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान उपसमितिको गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण कार्यक्रममा आवस्यक निति बनाउने बताउनु भएको हो । 

समष्टिगत आवश्यक पहिचान उपसमिति गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण गरेसंगै बाँसगढी नगरपालिकामा द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गरेको छ । महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार द्वन्द पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गरेको हो । दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहका प्रमुखको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति ब्यवस्था भए अनुसार दुबै समिति गठन भई सकेको छ । 

राष्ट्रिय कार्ययोजनामा दिएको जिम्मेवारी अनुसार बाँसगढी नगरपालिकाले आवश्यकता पहिचान गर्न शुरु गर्नु अगाडी, पहिचान गर्ने क्रममा र पछिको गोपनियता, सुरक्षा संवेदनशिलतालाई सुनिश्चित गर्न आचारसंहिता र आवश्यकता पहिचान गर्न फाराम पनि बनाएर कार्ययोजना स्थानीय समितिको असोज ९ गते बसेको बैठकले पास गरेको छ । बाँसगढी नगरपालिकाकी उपप्रमुख तथा द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिकी संयोजक इन्दिरा चौधरीले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गरी कार्ययोजना कार्यान्वयन समितिलाई हस्तान्तरण गर्ने बताउनु भयो । 

पहिचान गरिएका आवश्यकतालाई प्राथमिकिकरण गरी पालिका आफै, प्रदेश र संघीय सरकारलाई योजना बनाउन सिफारिस गर्ने गर्ने बताउनुभयो । उप प्रमुखको संयोजकत्वमा पाँच सदस्य उपसमितिले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न शुरु गरेको हो । बढैयाताल गाउँपालिकामा असोज ७ गते र ठाकुरबाबा नगरपालिकाले जेठ १३ गते नै उपसमितिलाई गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण गराई पीडितको आवश्यकता पहिचान शुरु गरिसकेको छ । बर्दियामा अन्य पालिकाले पनि महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न नितिगत निर्णय गरि काम शुरु गर्ने तयारी गरेका छन् । द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न द्वन्द्व पीडित समिति बर्दियाले सहजिकरण साथै प्राविधिक सहयोग गरिरहेको छ । 

 

 

सम्बन्धित समाचार

Facebook Comments