• १७ वैशाख २०८१, सोमवार
  • २१ °C काठमाडौं
बारबर्दियामा पूर्णसरसफाई उन्मुख वडा घोषणा अभियान तिब्र

बारबर्दिया, १२ चैत । बारबर्दिया नगरपालिका वडा नम्बर १ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा अभियानलाई कार्यान्वयन गराउन सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई अभिमुखिकरण तालिम दिईएको छ । आपतकालिन अवस्थामा खानेपानी सरसफाई तथा ६ मुख्य स्वास्थ व्यवहार प्रवद्र्धन सम्बन्धी जानकारीका लागि स्वयम सेविकाहरुलाई २ दिन अभिमूखिकरण गरिएको हो । 

अभिमूखिकरण तालिममा आपतकालीन अवस्थामा खानेपानी सरसफाईमा ध्यान दिनुपर्ने कुरा र सरसफाईका ६ मुख्य स्वास्थ ब्यबहारको बिषयमा स्वयम सेविकाहरुलाई जानकारी गराईएको छ । आपतकालीन अवस्थामा पानी शुद्धिकरणमा ध्यान दिनुपर्छ । पानीकै कारणले धेरै संक्रामक रोगहरु लाग्न सक्ने सम्भावना भएकोले दैविप्रकोप तथा आपतकालीन अवस्थामा झनै जटिल समस्याहरु निम्तिन सक्ने भएकोले खानेपानी सुद्धिकरणमा ध्यान दिनुपर्ने बारेमा जानकारी गराईएको छ । खानेपानी सरसफाई तथा ६ मुख्य स्वास्थ्य व्यवहार प्रवद्र्धन सम्बन्धी जानकारी गराईएको छ । 

प्रत्येक घरमा पानी शुद्धिकरण गरेर मात्र खाने बानी बसाल्नु पर्ने, हात धुने अवस्था बारे जानकारी सहित हात धुने स्थानको व्यबस्था हुनुपर्ने, पोषण युक्त खाना सहित शुद्धिकरण, घर आंगन तथा घरवरिपरिको सरसफाई, महिनावारी स्वच्छता सुरक्षित चर्पी तथा ब्यक्तिगत सरसफाईको बारेमा समुदायमा अभिमूखिकरण तथा सहजिकरण गर्नमा सहज बनाउनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम प्रदान गरिएको छ । सामान्य मानिस भन्दा बालबालिका रहेको घरमा फोहरको जोखिम बढि रहने भएकोले बारबर्दिया नगरपालिका वडा नम्बर १ मा यस बर्षमा २० देखि २५ घरलाई पुर्ण सरसफाई उन्मुख बनाउने उद्देश्यका साथ अभियान संचालन गरिरहेको आधारभूत स्वास्थ्य केन्द्र पहाडीपुरका ईन्चार्ज लालबहादुर चौधरीले जानकारी गराउनु भएको छ । 

यस अघि गतबर्ष गर्भवती देखि ३ बर्ष भन्दा मुनि बालबालिका रहेको १९ घरलाई पुर्ण सरसफाई उन्मुख घरको रुपमा घोषणा गरिएको थियो । दुई दिने तालिम महिला स्वास्थ्य स्वयमसेविका, वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको समुहले बिभिन्न चरणमा अनुगमन, सहजिकरण छलफलको माध्यमबाट पुर्णसरसफाई उन्मुख घर घोषणाका लागि अभियान संचालन हुने जानकारी गराउनु भएको छ । तालिमको सहजिकरण तालिम सहजिकरण आधारभूत स्वास्थ्य केन्द्र पहाडीपुरका इन्चार्ज लालबहादुर चौधरी, सिनियर अनमी शुसिला वली चौधरीले गर्नु भएको हो ।  
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया, बर्दियाको साझेदारीमा संचालित बालिका सशक्त परियोजना अन्तरगत वडा नम्बर १ मा रहेका ८ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई तालिम प्रदान गरिएको हो । उक्त तालिम पश्चात सरसफाईका अभियानका लागि स्वम सेविकाहरुले आमा समुहहरुसंग खानेपानी सरसफाईको बिषयमा छलफलगर्दै अभियानलाई अगाडी बढाउने अपेक्षा लिएको राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित बालिका सशक्त परियोजनाकी सुपरभाईजर बिनिता चौधरीले जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments