• २४ वैशाख २०८१, सोमवार
  • १९ °C काठमाडौं
बर्दियामा आयातित औलोका बिरामी चुनौती बन्दै

विन्दु चौधरी, १३ वैशाख, बाँसगढी (बर्दिया) । बर्दिया जिल्लामा ८ जना औलो रोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार ७ जना आयातित औलो विरामी रहेको छन्, भने एक जना स्थानिय औलोका विरामी फेला परेका हुन् । 

औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहेपनि बर्दियाको ५ वटा पालिकामा अझै औलो रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले बताउनु भएको छ । चालु आर्थिक वर्ष साउनदेखि हालसम्ममा जिल्लाको गुलरिया नगरपालिकामा ४ वटा औलाका केश फेला परेका छन् । त्यस्तै बाँसगढी नगरपालिका १, ठाकुरवावा नगरपालिका १, गेरुवा गाउँपालिका १ र बढै्याताल गाउँपालिकामा १ जना औलो रोगी फेला परेका हुन् । गत आर्थिक वर्ष बर्दिया जिल्लामा ४ जना औलोको विरामी फेला परेका थिए । उहाँले भन्नुभयो, चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म बढेर ८ जना औलोका विरामी भेटिसकेका छन् ।

कामको शिलसिलामा भारतका विभिन्न स्थानमा पुग्ने र उतैबाट औलो बोलेर फर्कनेको संख्या बढिरहेकोे उहाँको भनाइ छ । स्थानिय पालिकाको स्वास्थ्य संस्थामा नै औलो जाँच गर्न सकिने बताउँदै घर वरिपरि पानी जम्न नदिने, पानी जम्ने खाडल पुर्ने, झुल लगाएर सुत्ने, घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको टोकाइबाट जोगिने, घर वरिपरिको वातावरण सफा राख्ने जस्ता सामाजिक व्यवहार सुधार गर्न सके औलोबाट धेरै हदसम्म बच्न सकिने सुझाव दिनुभयो । 
“औलोविरुद्धको लडाइलाई तीव्रता दिऊ, समानतामुलक पहुचको सृर्जना गरौ” भन्ने नारासहित आज विहिवार नेपालमा पनि यो दिवस मनाइएको हो । अबको एकवर्ष अर्थात सन् २०२५ सम्ममा औलो निवारण गर्ने महत्वकांक्षी लक्ष्य राखेको नेपाल सरकारलाई अहिले आयातित औलोका विरामी मुख्य चुनौती बनेको छ ।

सम्बन्धित समाचार

Facebook Comments