• ६ जेठ २०८१, आइतवार
  • २४ °C काठमाडौं
नेपालमा पाईने महत्वपूर्ण बन्यजन्तुहरु 

यादव आचार्य, २३ वैशाख, बर्दिया । नेपालले जैविक विविधता संरक्षणमा फड्को मारेसँगै चलचर, थलचर लगायत वनस्पती प्रजातीहरु संरक्षित भएका छन् । नेपालमा पाईने धेरै प्रजातीका पंक्षीमध्ये काँडेभ्याकुर नेपालमा मात्र पाईन्छ । धेरै जसो माछा प्राजातीहरु नेपालमा मात्र पाईन्छन् भने कतिपय वनस्पति प्रजातीहरु पनि नेपालमा मात्र पाईन्छन् । प्राकृतिक वासस्थानमा नेपालबाटै लोपहुन लागेपछि एन्टीलोप प्रजातीका कृष्णसारहरु बर्दियामा संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालिएको छ । नेपालमा धेरै प्रजातीका बन्यजन्तुहरु पाईन्छन् । 

विगत १५ बर्ष भन्दाबढी संरक्षण क्षेत्रमा कामगर्दै आएका रविन कडरिया अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख हुन् । हिमाली कालो भालुमा जापानको होकाईडो विश्व विद्यालयबाट विद्यावारिणी गरेका उनी बन, बन्यजन्तु लगायत मानव वन्यजन्तुद्वन्दका बारेमा दक्खल राख्छन् । लामो समय सम्म राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृतका रुपमा अनुभव सँगालेका कडरिया बन्यजन्तु तथा उनीहरुको ब्यवहारका बारेमा समेत जानकार छन् ।
श्रोत : बन्यजन्तु विज्ञ अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख रविन कडरिया

पाटेबाघ : वन, झाडी तथा घाँसे मैदानमा बासस्थान बनाउन रुचाउने विश्वबाटै लोपोन्मुख एवम् र्दुलभ मानिने पाटेबाघहरु नेपालमा पाईन्छन् । सुनौलो रंगको पृष्टभुमीमा कालो रंगको पाटा शारिरिक बनोट भएका यिनीहरुको १ सय ५० देखि २ सय किलोग्राम तौल हुन्छ । विश्व स्थितीमा संकटापन्न प्रजातीमा पर्ने पाटेबाघ आईयुसीएन रेड लिष्टको ईएन र साईटीसले पहिलो नम्बरमा उल्लेख गरेको छ । नेपालमा संरक्षित गरिएको छ ।

हात्ती : तराई र चुरे क्षेत्रका वन र घाँसे मैदान बासस्थान बनाउने एसियाली हात्ती नेपालमा पाईन्छन् । खैरो र फुस्रो रंगको बाक्लो छाला र पातलो रौं हुने, ठूला कान अगाडी पट्टी सुँडयुक्त शारिरिक बनोट भएका यिनीहरुको तौल ५ हजार किलोग्राम सम्म हुन्छ । एसियन हात्ती विश्वकै संकटापन्न प्रजातीमा पर्छ । हात्ती नेपालमा संरक्षित बन्यजन्तुको सूचिमा, आईयूसीएनको ईएन र साईटीसको पहिलो नम्वरमा उल्लेख छ ।

गैंडा : पोखरीहरु भएको तराईको नदी तटीय घाँसे मैदान भएका वन क्षेत्रमा बासस्थान बनाउने ठूलो एकसिंगे गैडा नेपालमा पाईन्छन् । शरिर ठाउँ ठाउँमा फोल्ड भएको रौं नभएको बाक्लो छालाले ढाकिएको र नाक माथी एउटा खाग भएको यिनीहरुको शारिरिक बनोट हुन्छ । यिनीहरुको १८ सयदेखि २२ किलोग्राम तौल हुन्छ ।

चितुवा : विश्वको संवेदनशील प्रजातीमा पर्ने चितुवा आईयुसीएन भीयू र साईटीसले पहिलो नम्बरमा राखेको छ । तराईदेखि हिमाल सम्मका वन, झाडी तथा घासे मैदान बासस्थान बनाएका चितुवाको शारिरिक बनोट खैरो रंगको पृष्ठभूमिमा कालो रंगको थोप्ला थोप्ला हुन्छ । यसलाई नेपालमा बाघ तथा थोप्ले बाघको नामले पनि चिनिन्छ । यसको तौल ५० देखि ८० किलोग्राम हुन्छ ।

चरीबाघ : नेपालमा संरक्षित बन्यजन्तुमा पर्ने चरीबाघ आईयुसीएनले एलसी र साईटीसले दोस्रो स्थानमा उल्लेख गरेको छ । यसको अंग्रेजी नाम लियोपार्ड क्याट हो ।

खैरोओत : विश्वकै संवेदनशील प्रजातीमा पर्ने खैरो ओत (स्मूथ कोटेड ओटर) नेपालमा पाईन्छ । यसलाई आईयुसीएनले भीयू र साईटीसले दोस्रो स्थानमा राखेको छ ।

भालु : विश्व स्थितीमा संवेदनशील प्रजाती मानिने यिनीहरुलाई आईयूसीएनमा भीयू र साईटीसले पहिलो नम्बरमा उल्लेख गरेको छ । तराई तथा चुरे क्षेत्रका साल वन, नदी तटीय वन र घाँसे मैदानमा पाईने यिनीहरुलाई काठे भालुका नामले पनि चिनिन्छ । बाक्लो कालो रौंले ढाकिएको छातीमा अंग्रेजी भी आकारको सेतो भाग देखिने शारिरिक बनोट भएका यिनीहरुको तौल १ सय २५ देखि १ सय ४५ किलोग्राम हुन्छ ।

रतेल : नेपालमा पाईने रतेलको अंग्रेजी नाम हनी वेडगर हो । यो आईयूसीएनको एलसी र साईटीसको तेस्रो नम्बरमा उल्लेख गरेको पाईन्छ ।

तामे सालक : विश्वको संकटापन्न प्रजातीमा पर्ने तामे सालक (ईन्डियन पेङगोलिन) नेपालमा पाईन्छ । यो संरक्षित बन्यजन्तुमा पर्छ । आईयुसीएनको ईएनमा पर्ने सालक साईटीसको पहिलो नम्बरमा पर्छ ।

नीलगाई : नेपालका जंगलहरुमा नीलगाई पाईन्छन् । यसलाई घोडगधाको नामले पनि चिनिन्छ । यो आईयूसीएन रेड लिष्ट एलसीमा पर्छ । 

थार : विश्वको संवेदनशील प्रजातीमा पर्ने थार नेपालमा पाईन्छ । यसको अंग्रेजी नाम सुमात्रान सेरो हो । यो आईयूसीएन रेड लिष्टको भीयू मा पर्छ । साईटीस एपेन्डिक्सको पहिलो नम्बरमा पर्छ ।

चौका : विश्वको संवेदनशील प्रजातीमा पर्ने चौका (फोर हर्नड एन्टीलोप) नेपालमा पाईन्छ । नेपालमा यो संरक्षित सूचिमा पर्छ । आईयूसीएन रेड लिष्ट भीयू मा पर्ने चौका साईटीसले तेस्रो नम्वरमा राखेको छ ।

घोरल : साईटीसको पहिलो नम्बरमा रहेको घोरल नेपालमा पाईन्छ । यसलाई अंग्रेजीमा कमन गोरल भनिन्छ । यो बन्यजन्तु आईयूसीएन रेड लिष्ट अन्र्तगत एनटीमा पर्छ ।

चित्तल : यसको अंग्रेजी नाम स्पोटेड डियर हो । यो नेपालमा पाईन्छ । यिनीहरु बाघका मनपर्ने आहारा प्रजाती हुन् । यो आईयुसीएन रेड लिष्टको एलसीमा पर्छ ।

लगुना : विश्वमै संकटापन्न अवस्थामा रहेका लगुना नेपालमा पाईन्छन् । यसको अंग्रेजी नाम हग डियर हो । आईयूसीएन रेड लिष्टको ईएनमा पर्ने यो बन्यजन्तु साईटीसको पहिलो नम्बरमा पर्छ ।

जरायो : विश्वमै संवेदनशील प्रजातीमा पर्ने यो नेपालमा पाईन्छ । यसलाई अंग्रेजीमा साम्वर डियरको नामले चिनिन्छ । यो आईयूसीएन रेड लिष्टको भीयूमा पर्छ ।

रतुवा : नेपालमा पाईने रतुवालाई राते मृगको नामले पनि चिनिन्छ । यो आईयूसीएन रेड लिष्टको एलसीमा पर्छ । यसको अंग्रेजी नाम वार्कि∙ डियर हो ।

बँदेल : आईयूसीएन रेड लिष्टको एलसीमा पर्ने बँदेल नेपालमा पाईन्छ । यसको अंग्रेजी नाम युरासियन वाईल्ड वोर हो ।

स्याल : यसको अंग्रेजी नाम गोल्डेन ज्याकल हो । साईटीसले तेस्रो नम्बरमा उल्लेख गरेको यो बन्यजन्तु आईयूसीएन रेड लिष्टको एलसी पर्छ । 

रातोबाँदर : आईयूसीएनको एलसी र साईटीसको दोस्रो नम्वरमा उल्लेखित रातो बाँदर नेपालमा पाईन्छ । यसको अंग्रेजी नाम रेसुुुस म्याक्याक्यू हो ।

तराई लंगुर : नेपालमा पाईने तराई लंगुर प्रजातीका बाँदर आईयुसीएनको एनटी र साईटीसको पहिलो नम्बरमा छ ।

सानो निरबिरालो : नेपालमा पाईने सानो निरबिरालो आईयूसीएनको एलसी र साईटीसको तेस्रो नम्बरमा उल्लेख छ । 

हुँडार : स्ट्रीपेड हाईनाको नेपाली नाम हुँडार हो । यो संरक्षित बन्यजन्तुमा पर्छ । आईयूसीएन एनटीमा उल्लेखित यो बन्यजन्तु साईटीसले तेस्रो स्थानमा उल्लेख गरेको पाईन्छ । 

सम्बन्धित समाचार

Facebook Comments