• ५ जेठ २०८१, शनिवार
  • ३० °C काठमाडौं
बढैयातालमा जलवायु परिवर्तन विपद जोखिम तालिम 

दलबहादुर सुनार, २२ बैशाख, बढैयाताल (बर्दिया) ।  बर्दियाको बढैयातालमा विपद जोखिम ब्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको छ । बाँके यूनेस्को क्लबको सशक्त वालिका परियोजनाको आयोजनामा जलवायू परिवर्तन विपद जोखिम ब्यवस्थापन तथा आधारभूत मानविय मापदण्ड सहायता सम्बन्धी ५ दिने क्षमता विकास तालिम शुरु भएको हो ।

बढैयातालको मैनापोखरमा शुक्रवारदेखि मंगलवार सम्म सञ्चालन हुने तालिमको उद्देश्यमाथी प्रकाश पार्दै सशक्त बालिका परियोजना बर्दियाका संयोजक गोबिन्द प्रसाद लामिछानेले विपद जोखिम वाट कसरी बच्ने र जोखिमयुक्त घटनाबाट कसरी बचाउन सकिन्छ, जोखिमलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा क्षमता विकास गराउने उद्देश्यले तालिमको आायोजना गरेको बताए । तालिमका सहभागीहरुले पुर्ण ज्ञान प्राप्त गर्नका लागि सक्रिय सहभागिता हुनुपर्ने र सिकेका ज्ञान र सिपलाई समुदायमा गएर सिकाउनु पर्नेमा संयोजक लामिछानेले जोड दिए । 

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आतिथ्यमा उद्धघाटन भएको तालिमको सहजिकरण महेश गौतम र लौटन थारुले गर्नु भएको छ । प्लान इन्टरनेश्न नेपालको सहयोग र बढैयाताल गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा बढैयाताल गाउँपालिका अन्र्तगतका २५ जना युवा यूवतीको सहभागिता रहेको सशक्त बालिका परियोजना बढैयातालका सुपरभाइजर राम बहादुर थारुले जानकारी दिए । 

सम्बन्धित समाचार

Facebook Comments